२ तिमोथी 2:20-21
२ तिमोथी 2:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति। जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका कामको लागि एउटा पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ।
२ तिमोथी 2:20-21 नेपाली समकालीन संस्करण (NCV)
एउटा सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको लागि, अनि कुनैचाहिँ सामान्य कामको लागि प्रयोग गरिन्छ। यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने, त्यो आदरका कामहरूका लागि एउटा पात्र बन्नेछ; र त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी अनि हरेक असल काम गर्नमा तत्पर हुनेछ।
२ तिमोथी 2:20-21 पवित्र बाइबल (NERV)
एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्। यदि कसैले आफूलाई नराम्रो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।
२ तिमोथी 2:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कुनै पनि ठूलो घरानामा किसिमकिसिमका भाँडा-कुँडाहरू हुन्छन्। त्यहाँ चाँदीका र सुनका मात्र होइन, काठका, माटाका भाँडाहरू पनि हुन्छन्। कुनैकुनै भाँडा ठूलो काममा चलाइन्छ र कुनै सानो काममा चलाइन्छ। सबै किसिमका खराब कुराहरूबाट शुद्ध भएर रहेको मानिस छ भने ठूलो इज्जतको भाँडाझैँ हुनेछ किनभने उसले त आफैंलाई चोखो राखेर हरअसल कामको लागि मालिकलाई मनपर्दो हुनेछ।