२ तिमोथी 1:2-4
२ तिमोथी 1:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो प्यारो छोरा तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति! जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्वरलाई धन्यवाद दिन्छु; जसको सेवा म मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु। तिम्रा आँसुहरू सम्झन्छु, र तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ।
२ तिमोथी 1:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति। जब म तिमीलाई निरन्तर आफ्ना प्रार्थनाहरूमा सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। तिम्रो आँसु सम्झँदा रातदिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ, र म आनन्दले भरिन सकूँ।
२ तिमोथी 1:2-4 पवित्र बाइबल (NERV)
मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्। दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु। म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ।
२ तिमोथी 1:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमी मेरा प्यारा छोरा तिमोथीलाई यो लेख्दै छु। परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीलाई अनुग्रह, कृपा र शान्ति देऊन्। मेरो शुद्ध विवेकसँग म मेरा पितापुर्खाले गरेझैँ परमेश्वरको काम गर्न आएको छु। उही परमेश्वरलाई तिम्रै सम्झनामा रातदिन प्रार्थना गर्दा धन्यवाद दिन्छु। तिम्रो आँसुलाई सम्झन्छु, तिमीलाई भेट्ने मेरो ठूलो इच्छा छ। भेट्न पाए म कति खुसी हुनेथिएँ।