YouVersion लोगो
खोज आइकन

२ शमूएल 9:3-13

२ शमूएल 9:3-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्‍वरको दया देखाउन सकूँ?” सीबाले राजालाई जवाफ दियो, “जोनाथनका एक जना छोरा अझै जीवितै छन्; जसका दुवै खुट्टा लङ्गडा छन्।” राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।” यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए। जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे। दावीदले भने, “मपीबोशेत!” तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।” दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्‍चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।” मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?” तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु। तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्‍नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।) तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए। मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए। मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे।

शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्

२ शमूएल 9:3-13 पवित्र बाइबल (NERV)

राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।” सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।” राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?” सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।” त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए। जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे। दाऊदले भने, “मपीबोशेथ?” मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।” दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधैँ मसँगै टेबलमा बसेर खानेछौ।” मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।” त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ। तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधैँ मसित खाना खानेछन्।” सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए। सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।” यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले। मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने। मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।

शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्

२ शमूएल 9:3-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब राजाले भने, “के शाऊलका घरानाको कोही जीवित छ, जसप्रति परमेश्‍वरको दया म देखाउन सक्‍छु?” सीबाले भन्‍यो, “हजूर, जोनाथनका एक जना छोरा जीवित छन्‌। उनी दुवै खुट्टाका लङ्गड़ा छन्‌।” राजाले सोधे, “उनी कहाँ छन्‌?” अनि सीबाले जवाफ दियो, “उनी लो-देबारमा अम्‍मीएलका छोरा माकीरका घरमा छन्‌।” तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्‍मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए। जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत दाऊदकहाँ हाजिर भए, तब उनले घोप्‍टो परेर राजालाई दण्‍डवत्‌ गरे। दाऊदले उनलाई भने, “मपीबोशेत!” उनले जवाफ दिए, “हजूर, म तपाईंको दास।” दाऊदले भने, “नडराऊ। म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्‍छु। म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्‍गाजमिन फर्काइदिनेछु। तिमी मेरा टेबिलमा बसेर मसँगै खानेछौ।” मपीबोशेतले फेरि घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्‍याल गर्नुहुन्‍छ?” तब दाऊदले शाऊलको नोकर सीबालाई आफूकहाँ बोलाउने हुकुम गरेर त्‍यसलाई भने, “म तेरा मालिकका नातिलाई शाऊल र उनको घरानाका सबै सम्‍पत्ति दिँदैछु। तैंले, तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्‍गाजमिनमा खेतीपाती गरेर त्‍यसको फसल तेरा मालिकको घरानालाई जुटाउनुपर्छ। अनि मपीबोशेत, तेरा मालिकका नातिले मेरो टेबिलमा बसेर खानेछन्‌।” (सीबाका पन्‍ध्र छोरा र बीस चाकरहरू थिए।) तब सीबाले राजालाई भन्‍यो, “हजूरले हुकुम गर्नुभएबमोजिम म सबै गर्नेछु।” यसैले राजाका छोराहरूमध्‍ये एक जना भएझैँ मपीबोशेतले दाऊदको टेबिलमा खान लागे। मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए। अनि मपीबोशेतचाहिँ यरूशलेममा बस्‍न लागे, र राजाकै टेबिलमा नित्‍य राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गड़ा थिए।

शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्

२ शमूएल 9:3-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्‍वरको दया देखाउन सकूँ?” सीबाले राजालाई जवाफ दियो, “जोनाथनका एक जना छोरा अझै जीवितै छन्; जसका दुवै खुट्टा लङ्गडा छन्।” राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।” यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए। जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे। दावीदले भने, “मपीबोशेत!” तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।” दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्‍चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।” मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?” तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु। तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्‍नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।) तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए। मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए। मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे।

शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्

२ शमूएल 9:3-13 पवित्र बाइबल (NERV)

राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।” सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।” राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?” सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।” त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए। जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे। दाऊदले भने, “मपीबोशेथ?” मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।” दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधैँ मसँगै टेबलमा बसेर खानेछौ।” मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।” त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ। तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधैँ मसित खाना खानेछन्।” सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए। सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।” यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले। मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने। मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।

शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्

२ शमूएल 9:3-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

राजाले सोधे, “के शाऊलको घरानाको कोही जीवित छ, जसलाई मैले परमेश्‍वरसँग गरेको प्रतिज्ञाअनुसार दया देखाउन सक्‍छु?” सीबाले जवाफ दियो, “हजुर, जोनाथनका एउटा छोरा जीवित छन्। उनी लङ्गडा छन्।” राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दियो, “तिनी लो-देबारमा अम्‍मीएलको छोरो माकीरको घरमा छन्।” दाऊद राजाले उनलाई बोलाउन पठाए। जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत आइपुगे, तब तिनले राजाको सम्‍मान‍्‌मा घोप्‍टो परी राजालाई दण्‍डवत् गरे। दाऊदले “मपीबोशेत!” भने र तिनले जवाफ दिए, “हजुर, आज्ञा होस्!” दाऊदले भने, “नडराऊ, तिम्रा पिता जोनाथनका खातिर म तिमीलाई दया गर्नेछु। तिम्रा बाजे शाऊलका सबै जग्‍गा-जमिन म तिमीलाई फर्काइदिनेछु र मसित भोजन गर्न तिमीलाई सधैँ स्‍वागत छ।” मपीबोशेतले फेरि दण्‍डवत् गरी भने, “हजुर, म त एउटा मरेको कुकुरजस्‍तै छु, ममाथि किन यसरी दया गर्नुहुन्‍छ?” तब राजाले शाऊलको चाकर सीबालाई बोलाएर भने, “म तेरा मालिकको नाति मपीबोशेतलाई शाऊल र तिनको घरानाको सबै सम्‍पत्ति दिँदै छु। तँ, तेरा छोराहरू र तेरा कमाराहरूले सो जग्‍गा-जमिनमा खेतीपाती गरी अन्‍न बटुलेर तेरा मालिकको निम्‍ति भोजनको व्‍यवस्‍था तैँले गर्नेछस्। तर मपीबोशेत आफैंले चाहिँ मसित सधैँ भोजन गर्नेछन्।” (सीबाका पन्‍ध्र भाइ छोरा र बीस कमारा थिए।) सीबाले भन्‍यो, “म हजुरको सबै आज्ञाको पालन गर्नेछु।” यसरी मपीबोशेत राजाका छोराहरूजस्‍तै भएर राजासित भोजन गर्थे। मपीबोशेतको मीका नाम गरेको एउटा छोरो थियो। सीबाको परिवारमा सबै जना मपीबोशेतका चाकर थिए। यसरी मपीबोशेत, जो दुवै खुट्टाका लङ्गडा थिए, यरूशलेममा बसेर राजासित सबै समयमा भोजन गर्थे।

शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्