YouVersion लोगो
खोज आइकन

२ शमूएल 7:2-7

२ शमूएल 7:2-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्‍दैछु, तर परमप्रभुको सन्‍दूक भने पालमा राखिएको छ।” नातानले राजालाई जवाफ दिए, “ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्‍छ।” त्‍यही रात परमप्रभुको यो वचन नातानकहाँ आयो: “गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ: के मेरो निम्‍ति तैंले नै एउटा घर बनाउनेछस्‌ र? इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि आजको दिनसम्‍म म कहिल्‍यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्‍दैआएको छु। म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्‍ये कुनै शासकलाई “मेरो निम्‍ति देवदारुको घर किन बनाइनस्‌?” भनेर सोधें र?’

शेयर गर्नुहोस्
२ शमूएल 7 पढ्नुहोस्

२ शमूएल 7:2-7 पवित्र बाइबल (NERV)

राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।” नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।” तर त्यही रात परमप्रभुको आदेश नातानलाई आउँछ। परमप्रभु भन्नुहुन्छ, “मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ। इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैँ पालमै थिएँ। पाल नै मेरो घर थियो। मैले इस्राएलका परिवार समूहलाई देवदारको सुन्दर घर बनाइदेओ भनेर कहिले पनि भनिनँ। म तिनीलाई यस्तो वचन दिन्छु कि तिम्रा वंश नै राजाहरू हुनेछन्।’

शेयर गर्नुहोस्
२ शमूएल 7 पढ्नुहोस्

२ शमूएल 7:2-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब राजाले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको काठले बनेको महलमा बसेको छु; तर परमेश्‍वरको करारको सन्‍दुक एउटा पालमा राखिएको छ!” नातानले जवाफ दिए, “तपाईंको मनमा जे छ, सोही गर्नुहोस् किनभने परमप्रभु तपाईंसित हुनुहुन्‍छ।” तर त्‍यस रात परमप्रभुले नातानलाई भन्‍नुभयो, “गएर मेरो सेवक दाऊदलाई भन् कि म भन्‍दै छु, ‘तैँले म बास गर्ने मन्‍दिर बनाउनेछैनस्। मैले इस्राएलीहरूलाई मिश्रबाट उद्धार गरिल्‍याएको दिनदेखि आजसम्‍म मैले कहिल्‍यै मन्‍दिरमा बास गरेको छैनँ। मैले पालमा बास गरेर यात्रा गर्दैआएको छु। इस्राएलीहरूसित मैले यात्रा गर्दा तिनीहरूमाथि शासन गर्न म आफैंले नियुक्त गरेका कुनै पनि अगुवालाई मेरो निम्‍ति किन देवदारुको मन्‍दिर बनाइनस् भनेर सोधेको छैनँ।’

शेयर गर्नुहोस्
२ शमूएल 7 पढ्नुहोस्