YouVersion लोगो
खोज आइकन

२ शमूएल 4:1-12

२ शमूएल 4:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेर मारिएको कुरा सुने, तब तिनको हात-खुट्टै गल्‍यो र सारा इस्राएलीहरू घबराए। ईश्‍बोशेतका दुई जना मानिसहरू थिए, जो लूटपीट गर्नेहरूका अगुवा थिए, जसका नाउँ बानाह र रेकाब थिए। उनीहरू बेन्‍यामीन कुलका बेरोती रिम्‍मोनका छोराहरू थिए। बेरोत पनि बेन्‍यामीनसँगै गनिएको छ, किनभने बेरोतीहरू गित्तैममा भागेर गएका थिए, र त्‍यस बेलादेखि अहिलेसम्म त्‍यहीँ नै बसोबास गरेका छन्‌। (शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्‍युको समाचार आउँदा त्‍यो पाँच वर्षको थियो। त्‍यसकी धाईले त्‍यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्‍यो लड्‌यो, र लङ्गड़ो भयो। त्‍यसको नाउँ मपीबोशेत थियो।) बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह, मध्‍यदिनमा ईश्‍बोशेत विश्राम गरिरहेको बेलामा तिनको घरमा आए, र भित्र पसे। उनीहरू घरको भित्री भागतिर गहूँ लिन गएजस्‍तो गरी गए र त्‍यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्‍यसपछि रेकाब र बानाह सुटुक्‍क निस्‍के। ईश्‍बोशेत आफ्‍नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्‍यो आफूसँग लगे, र अराबाबाट रातभरि हिँड़ेर गए। उनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्‍याए, र राजालाई भने, “हजूरको प्राण लिन खोज्‍ने, हजूरको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको यहाँ छ। परमप्रभुले शाऊल र उनको घरानालाई आज हजूरको निम्‍ति साटो फेर्नुभयो।” दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र त्‍यसका भाइ बानाहलाई जवाफ दिए, “परमप्रभु, जसले मलाई मेरा सबै कष्‍टबाट छुटाउनुभयो, जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्‍दछु, शाऊल मरेको खबर राम्रो हो भनी ठानेर मकहाँ समाचार ल्‍याउने मानिसलाई मैले पक्रे, र मैले त्‍यसलाई सिक्‍लगमा मारें। मैले त्‍यसका समाचारको निम्‍ति त्‍यसलाई त्‍यही प्रतिफल दिएँ। तर दुष्‍ट मानिसहरूले एक जना निर्दोष मानिसलाई त्‍यसकै घरमा त्‍यसको पलङ्गमा मार्छन्‌ भने झन्‌ कति बढ़ी प्रतिफल दिनुपर्ला! के मैले अब तिमीहरूले गरेको हत्‍याको बदला लिएर तिमीहरूलाई संसारदेखि खतम नगर्नु र?” तब दाऊदले आफ्‍ना मानिसहरूलाई हुकुम दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात-खुट्टा काटे, र हेब्रोनका पोखरीको छेउमा झुण्‍ड्याइदिए। तर ईश्‍बोशेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाड़िदिए।

शेयर गर्नुहोस्
२ शमूएल 4 पढ्नुहोस्

२ शमूएल 4:1-12 पवित्र बाइबल (NERV)

शाऊलका छोरा ईश्बोशेतले अबनेरको मृत्युको खबर सुन्छ। ईश्बोशेत र तिनका सबै मानिसहरू डराए। दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका शिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए तर बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यहीं छन्।) शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच बर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहार्न उसलाई समातेर टाढा भागिन्। तर जब छिटो-छिटो भाग्न थालीन् त्यो बालक भुईँमा लड्यो। यसरी उसको दुवै खुट्टा लङ्गडो भयो। बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए। रेकाब र बाना त्यस घरभित्र केही गहुँ लिने निहुमा गए। ईश्बोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए। रेकाब र बानाले ईश्बोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यर्दन बेंसी भएर हिंडे। हेब्रोन आइपुगे अनि दाऊदलाई ईश्बोशेतको टाउको सुम्पे। रेकाब र बानाले राजा दाऊदलाई भने, “तपाईंका शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। उसले तपाईंलाई मार्न चाहान्थ्यो। परमप्रभुले शाऊल र उसका परिवारका मानिसहरूलाई आज तपाईंको खातिर सजाय दिनुभयो।” तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ। तर पहिले एकपल्ट एउटाले सोच्यो यो समचार मेरो निम्ति असल थियो र भन्यो, उसले भन्यो, ‘हेर्नु होस् शाऊल मर्यो।’ उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित पुरस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ। यसैकारण तिमीहरू, दुष्ट मानिसहरूले निर्दोष मानिसलाई उसको घर भित्र सुतिरहको बेला मार्यौ, अब म तिमीहरूलाई मारेर उसको मृत्युको बद्ला लिनेछु, अनि म तिमीहरूलाई यस भूमि देखि धपाइनदिनेछु।” यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।

शेयर गर्नुहोस्
२ शमूएल 4 पढ्नुहोस्

२ शमूएल 4:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जब शाऊलको छोरो ईश्‍बोशेतले अबनेर हेब्रोनमा मारिए भनी सुने, तब तिनी डराए र सबै इस्राएलीहरू भयभीत भए। ईश्‍बोशेतका दुई जना अधिकृतहरू थिए, जो छापामार दलहरूका अगुवा थिए। तिनीहरूका नाम बानाह र रेकाब थिए र तिनीहरू बेरोतको बेन्‍यामीनी कुलको रिम्‍मोनका छोरा थिए। (बेरोत बेन्‍यामीनको एक अंश मानिन्‍छ। त्‍यहाँका आदिवासीहरू गित्तैममा भागेर गएका थिए र त्‍यहीँ नै बसोबास गर्दैआएका थिए।) शाऊलका छोरा जोनाथनका मपीबोशेत नाम गरेका एक जना छोरा थिए, शाऊल र जोनाथन मारिंदा तिनको उमेर पाँच वर्षको थियो। तिनीहरू लडाइँमा मारिएको खबर यिजरेल सहरबाट प्राप्‍त हुँदा मपीबोशेतकी धाईले तिनलाई बोकेर भागेकी थिइन्। तर त्‍यो ज्‍यादा हतार गरेर निस्‍कँदा तिनलाई हातबाट खसाली र उनी लङ्गडो भएका थिए। रेकाब र बानाह ईश्‍बोशेतको घरतर्फ लागे र त्‍यहाँ मध्‍यदिनमा पुगे। त्‍यस बेला ईश्‍बोशेत विश्राम गरिरहेका थिए। घरको ढोकामा गहुँ केलाउँदै गरेकी स्‍त्री निद्रा लागेर मस्‍त सुतेकी थिई र रेकाब र बानाह सुटुक्‍क भित्र पसे। घरभित्र पसेपछि तिनीहरू ईश्‍बोशेतको सुत्‍ने कोठामा गए, त्‍यहाँ ईश्‍बोशेत मस्‍त निद्रामा थिए र तिनीहरूले तिनलाई त्‍यहीँ मारे। तिनीहरूले तिनको टाउको काटे र टाउको लिएर रातभरि हिँडी यर्दनको बेसी पार गरे। तिनीहरूले त्‍यो टाउको हेब्रोनमा दाऊदकहाँ पुर्‍याएर भने, “हजुरको शत्रु शाऊलको सन्‍तान ईश्‍बोशेतको टाउको यहाँ छ, शाऊलले हजुरलाई मार्ने चेष्‍टा गरेका थिए र आज परमप्रभुले हजुरको पक्षमा शाऊल र तिनका सन्‍तानमाथि बदला लिनुभएको छ।” दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र त्‍यसका भाइ बानालाई जवाफ दिए, “मलाई मेरा सबै कष्‍टबाट छुटाउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी म साँच्‍चै भन्‍दछु। मकहाँ सिक्‍लगमा शाऊलको मृत्‍युको खबर ल्‍याउने मानिसले मलाई राम्रो खबर सुनाएँ भन्‍ने ठानेको थियो। मैले त्‍यसलाई पक्रेर मार्न लाएँ। त्‍यसको खबरको निम्‍ति मैले त्‍यसलाई त्‍यही इनाम दिएँ। आफ्‍नै घरमा सुतिरहेको एक निर्दोष व्यक्तिको हत्‍या गर्ने दुष्‍टहरूलाई झन् कति बढी दण्‍ड दिनुपर्ला? तिनको हत्‍या गरेको कारणले म तिमीहरूमाथि बदला लिनेछु र पृथ्‍वीबाट तिमीहरूको नाउँ-निशाना मेटाइदिनेछु।” दाऊदले त्‍यस्‍तै आज्ञा दिए र तिनका सिपाहीले रेकाब र बानाहलाई मारे र तिनका हात र खुट्टा काटेर अलग गरी शरीरचाहिँ हेब्रोनको इनारछेउ झुन्‍ड्याइदिए। ईश्‍बोशेतको टाउकोचाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाडिदिए।

शेयर गर्नुहोस्
२ शमूएल 4 पढ्नुहोस्