२ शमूएल 24:24-25
२ शमूएल 24:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर राजाले अरौनालाई भने, “होइन, म ती तिमीबाट किन्नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढ़ाउनेछैनँ।” यसकारण दाऊदले त्यो खला र गोरुहरू चाँदीका पचास सिक्कामा किने। त्यहाँ तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए, र होमबलि र मेलबलिहरू चढ़ाए। तब देशको निम्ति तिनले गरेको प्रार्थना परमप्रभुले स्वीकार गर्नुभयो, र इस्राएलमा चलेको रूढ़ी थामियो।
२ शमूएल 24:24-25 पवित्र बाइबल (NERV)
तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।” यसैले दाऊदले खला र गोरूहरूको मूल्य चाँदीको 50 शेकेल बुझाए। त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।
२ शमूएल 24:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर राजाले जवाफ दिए, “होइन, म यी सबैको दाम तिमीलाई दिनेछु। मैले सित्तैमा पाएका बलिका सामग्रीहरू परमप्रभु मेरा परमेश्वरलाई म चढाउनेछैनँ।” र राजाले ती खला र गोरुहरू चाँदीका पचास टुक्रा दिएर किने। त्यसपछि तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए र होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले राजाको प्रार्थना सुन्नुभयो र इस्राएलमा महामारी रोकियो।