YouVersion लोगो
खोज आइकन

२ शमूएल 23:2-5

२ शमूएल 23:2-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“परमप्रभुका आत्‍मा मद्वारा बोल्‍नुभयो, र उहाँको वचन मेरो मुखमा थियो। इस्राएलका परमेश्‍वर बोल्‍नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो: ‘जसले न्‍यायसित मानिसहरूलाई शासन गर्छ, जसले परमेश्‍वरको भय राखीकन शासन गर्छ, त्‍यो सूर्योदय हुँदा बादलरहितका बिहानको ज्‍योतिजस्‍तै छ, त्‍योचाहिँ पानी परेपछि जमिनबाट घाँस उमार्ने उज्‍यालोजस्‍तै छ’। “के मेरो घराना परमेश्‍वरसँग ठीक छैन र? के उहाँले मसँग सबै भागमा सुरक्षित र व्‍यवस्‍थित भएको एउटा अनन्‍त करार बाँध्‍नुभएको छैन र? के उहाँले मेरो उद्धारलाई फलवन्‍त बनाउनुहुनेछैन र? अनि मेरो प्रत्‍येक इच्‍छा पूरा गर्नुहुनेछैन र?

शेयर गर्नुहोस्
२ शमूएल 23 पढ्नुहोस्

२ शमूएल 23:2-5 पवित्र बाइबल (NERV)

परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो। उहाँका वचनहरू मेरो मुखमा थिए। इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चट्टानले मलाई भन्नुभयो, ‘जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ, त्यस्ता व्यक्ति हुनेछ सूर्यदय जस्तै; बादल नभएको बिहान जस्तै; पानी परेपछिको घाम जस्तै; जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।’ “परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैँको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।

शेयर गर्नुहोस्
२ शमूएल 23 पढ्नुहोस्

२ शमूएल 23:2-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुको आत्‍मा मद्वारा बोल्‍नुहुन्‍छ; उहाँको सन्‍देश मेरा ओठमा छन्। इस्राएलका परमेश्‍वर बोल्‍नुभएको छ; इस्राएलका रक्षकले मलाई भन्‍नुभयो, “जसले न्‍यायसँग राज गर्दछ, र परमेश्‍वरको आज्ञाअनुसार शासन गर्दछ, त्‍यो बादलबिनाको बिहानीमा र हरियाली ल्‍याउने वर्षापछि चम्‍कने घामजस्‍तो हो।” त्‍यसरी परमेश्‍वरले मेरा सन्‍तानलाई आशीर्वाद दिनुहुनेछ किनभने उहाँले मसँग एउटा अनन्‍तको करार बाँध्‍नुभएको छ, एउटा कहिल्‍यै नतोडिने सम्‍झौता तयार पार्नुभएको छ र कहिल्‍यै नबदलिने प्रतिज्ञा दिनुभएको छ। त्‍यत्ति नै म चाहन्‍छु, त्‍यसैमा मेरो विजय छ र निश्‍चय नै परमेश्‍वरले त्‍यो पूरा गर्नुहुने छ।

शेयर गर्नुहोस्
२ शमूएल 23 पढ्नुहोस्