२ शमूएल 22:1-4

२ शमूएल 22:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो। तिनले भने: याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरो उद्धारकर्ता हुनुहुन्छ; मेरा परमेश्‍वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। मेरो ढाल र मेरो उद्धारको सिङ हुनुहुन्छ। उहाँ मेरो गढ, मेरो शरणस्थान र मेरो उद्धारकर्ता हुनुहुन्छ। तपाईंले मलाई हिँस्रक मानिसहरूबाट बचाउनुहुन्छ। म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ; र म मेरा शत्रुहरूबाट बचाइन्छु।

शेयर गर्नुहोस्
२ शमूएल 22 पढ्नुहोस्

२ शमूएल 22:1-4 पवित्र बाइबल (NERV)

परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ। परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ। उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु, परमेश्वर मेरो सुरक्षा कवच हुनहुन्छ। उहाँको परमशक्तिले मलाई बचाउँछ। परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ, मेरो सुरक्षाको स्थान र मेरो उच्च टाकुरा हुनुहुन्छ, निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ। तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

शेयर गर्नुहोस्
२ शमूएल 22 पढ्नुहोस्

२ शमूएल 22:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जब परमप्रभुले दाऊदलाई शाऊल र अरू तिनका शत्रुहरूदेखि बचाउनुभयो, तब तिनले परमप्रभुलाई गाएको भजन यस्‍तो थियो: परमप्रभु मेरा रक्षक हुनुहुन्‍छ; उहाँ मेरा बलियो गढी हुनुहुन्‍छ। मेरा परमेश्‍वर मेरो सुरक्षा हुनुहुन्‍छ, उहाँसँग हुँदा म सुरक्षित छु। ढालले झैँ उहाँले मलाई रक्षा गर्नुहुन्‍छ, उहाँले मलाई आक्रमणबाट सकुशल राख्‍नुहुन्‍छ। उहाँले मेरो उद्धार गर्नुहुन्‍छ; उहाँले मेरो रक्षा गर्नुहुन्‍छ र मलाई हिंसाबाट बचाउनुहुन्‍छ। म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्‍छ। परमप्रभुको प्रशंसा होस्!

शेयर गर्नुहोस्
२ शमूएल 22 पढ्नुहोस्