२ शमूएल 16:21-22
२ शमूएल 16:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अहीतोपेलले जवाफ दिए, “तपाईंका पिताले महलको जिम्मेवारीमा छोड़िगएका तपाईंका पिताका उपपत्नीहरूसित सहवास गर्नुहोस्। तब तपाईंले आफ्ना पिताको नाक काटिदिएको काम सबै इस्राएलले सुन्नेछन्, र तपाईंको पछि लाग्नेहरूको हात अझै बलियो हुनेछ।” यसैले तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए, र सबै इस्राएलले देख्ने गरी तिनी आफ्ना बुबाका उपपत्नीहरूसित सुते।
२ शमूएल 16:21-22 पवित्र बाइबल (NERV)
अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोड्नु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।” तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे।
२ शमूएल 16:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अहीतोपेलले जवाफ दिए, “गएर तपाईंको बुबाले राजमहलका रेखदेखको निम्ति छोडिराखेका उनका रखौटीहरूसित सुत्नुहोस्। तब तपाईंले आफूलाई आफ्नै बुबाले तपाईंलाई आफ्ना पक्का शत्रु ठानेका छन् भनी इस्राएलमा भएका सबैले जान्नेछन् र तपाईंसँग लाग्नेहरूको विश्वास अझ बलियो हुनेछ।” र महलका कौसीमा अब्शालोमको निम्ति तिनीहरूले एउटा पाल टाँगे र सबैका नजरअघि अब्शालोम गई आफ्ना बुबाका रखौटीहरूसित सुते।