२ शमूएल 16:11-12
२ शमूएल 16:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले अबीशै र आफ्ना सबै अधिकारीहरूलाई भने, “यदि मेरो छोरा, मेरो आफ्नै छोराले मलाई मार्न खोज्छ भने यस बेन्यामीनी त के कुरा गर्नु? त्यसलाई छोड़िदेओ। त्यसले सरापोस्। किनभने परमप्रभुले नै त्यसलाई त्यसो गर्नू भनी भन्नुभएको होला। शायद आजको दिन मलाई यो सरापको सट्टा परमप्रभुले मेरो कष्ट हेर्नुहुनेछ र मलाई आशिष् दिनुहुनेछ।”
२ शमूएल 16:11-12 पवित्र बाइबल (NERV)
दाऊदले अबीशै र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अब्शालोम) ले मलाई मार्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मार्ने अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एक्लै रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो। यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”
२ शमूएल 16:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदले अबीशै र आफ्ना सबै भारदारहरूलाई भने, “मेरै छोराले मलाई मार्न खोज्दै छ। यस बेन्यामीनीले जे गर्दै छ, त्यसमा किन तिमीहरू छक्क पर्छौ? परमप्रभुले त्यसलाई सराप्ने आदेश दिनुभएको छ। त्यसलाई छोडिदेऊ र सराप्न देऊ। सायद परमप्रभुले मेरो कष्ट हेर्नुहुनेछ र त्यसको सरापको सट्टामा केही आशिष् मलाई दिनुहुनेछ।”