२ शमूएल 12:22-23
२ शमूएल 12:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले जवाफ दिए, “जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्छ र बालक बाँच्छ होला भनी विचार गरेर म उपवास बसें, र रोएँ। तर अब त्यो मरिहाल्यो, त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काई ल्याउन सक्छु र? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउनेछैन।”
२ शमूएल 12:22-23 पवित्र बाइबल (NERV)
दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइनँ र रोइमात्र रहें कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’ तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”
२ शमूएल 12:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदले उत्तर दिए, “ठीक हो, त्यो बाँचुञ्जेल म रोएँ र उपवास बसें। कतै परमप्रभुले अनुग्रह गरेर बालकलाई बाँच्न दिनुहुन्छ कि भनी मैले सोचेको थिएँ। तर अब त्यो मरिसकेपछि म किन उपवास बस्नू? के म बालकको प्राण फर्काइल्याउन सक्छु र? कुनै दिन म त्यो भएको ठाउँमा पुग्नेछु तर त्यो कहिल्यै मकहाँ आउन सक्नेछैन।”