२ शमूएल 12:13-14
२ शमूएल 12:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन। तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्मेको छोरोचाहिँ मर्नेछ।”
२ शमूएल 12:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन। तर तपाईंले यस्तो काम गर्नुभएकोले गर्दा याहवेहका शत्रुहरूलाई घृणा गर्ने मौका दिनुभयो। त्यसकारण तपाईंबाट जन्मेको छोराचाहिँ निश्चय मर्नेछ।”
२ शमूएल 12:13-14 पवित्र बाइबल (NERV)
तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।” नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ। तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”
२ शमूएल 12:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदले भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु।” नातानले उत्तर दिए, “परमप्रभुले तपाईंलाई क्षमा दिनुहुन्छ, तपाईं मर्नुहुनेछैन। तर यो दुष्कर्म गरेर तपाईंले परमप्रभुलाई तिरस्कार गर्नुभएको हुनाले तपाईंको बालक बाँच्नेछैन।”