२ पत्रुस 3:8-9
२ पत्रुस 3:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ। आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ।
२ पत्रुस 3:8-9 नेपाली समकालीन संस्करण (NCV)
मेरा प्रिय मित्रहरूहो, यो एउटा कुरा नबिर्स: परमेश्वरको निम्ति एक दिन हजार वर्षझैं छ, र हजार वर्ष एक दिनझैं। केही मानिसले ढिलापनको विषयमा सोचेझैं, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
२ पत्रुस 3:8-9 पवित्र बाइबल (NERV)
यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो। जस्तो अरू मानिसहरूले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।
२ पत्रुस 3:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर प्रियहरू, एउटा कुरा याद राख। परमप्रभु परमेश्वरलाई एक दिन र एक हजार वर्षमा केही फरक छैन। कसै-कसैले विचारेजस्तो परमप्रभु परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलाउनुहुनेछैन। तर उहाँले तिमीहरूलाई पर्खिरहनुभएको छ। तिमीहरू कोही पनि नाश नभएको उहाँ चाहनुहुन्छ अनि सबैले आफ्ना पाप त्यागून् भन्ने उहाँको इच्छा छ।