YouVersion लोगो
खोज आइकन

२ पत्रुस 3:8-12

२ पत्रुस 3:8-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ। आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ। तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌। यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ? तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌।

शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्

२ पत्रुस 3:8-12 नेपाली समकालीन संस्करण (NCV)

मेरा प्रिय मित्रहरूहो, यो एउटा कुरा नबिर्स: परमेश्‍वरको निम्ति एक दिन हजार वर्षझैं छ, र हजार वर्ष एक दिनझैं। केही मानिसले ढिलापनको विषयमा सोचेझैं, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्‍न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्‍न; तर प्रत्येकले पश्‍चात्ताप गरून् भन्‍ने चाहनुहुन्छ। तर प्रभुको दिन चोरझैं आउनेछ। गर्जनसहित स्वर्ग लुप्‍त हुनेछ; तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्। यसरी सबै कुराहरू नाश भएर जाने हुनाले, तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्‍वरीय जीवन बिताउनुपर्छ। जब तिमीहरूले परमेश्‍वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्।

शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्

२ पत्रुस 3:8-12 पवित्र बाइबल (NERV)

यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो। जस्तो अरू मानिसहरूले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ। तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ। यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्।

शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्

२ पत्रुस 3:8-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर प्रियहरू, एउटा कुरा याद राख। परमप्रभु परमेश्‍वरलाई एक दिन र एक हजार वर्षमा केही फरक छैन। कसै-कसैले विचारेजस्‍तो परमप्रभु परमेश्‍वर आफ्‍नो प्रतिज्ञा पूरा गर्न ढिलाउनुहुनेछैन। तर उहाँले तिमीहरूलाई पर्खिरहनुभएको छ। तिमीहरू कोही पनि नाश नभएको उहाँ चाहनुहुन्‍छ अनि सबैले आफ्‍ना पाप त्‍यागून् भन्‍ने उहाँको इच्‍छा छ। तर प्रभुले न्‍याय गर्नुहुने दिन चोरझैँ अचानक आउनेछ। त्‍यस दिन आकाश-मण्‍डल ठूलो आवाज गरेर हराउनेछ आकाशका तारा, ग्रह-नक्षत्रहरू जलेर भस्‍म हुनेछन्। पृथ्‍वी र पृथ्‍वीमा भएका सबै कुरा नाश हुनेछन्। सबै कुराहरू नाश गरिने हुँदा तिमीहरू कस्‍तो खालको मानिस हुनुपर्ने हो? तिमीहरूको जीवन पवित्र र परमेश्‍वरलाई चढाएको हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको न्‍याय गर्ने दिनको बाटो हेर्दा यो चाँडै होस् भनेर गर्नुपर्ने काम गर। त्‍यसै बेला आकाश-मण्‍डल डढेर भस्‍म हुनेछ अनि ग्रह-नक्षत्र तातोले पग्‍लेर जानेछन्।

शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्

२ पत्रुस 3:8-12

२ पत्रुस 3:8-12 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्