२ पत्रुस 3:13-15
२ पत्रुस 3:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ। यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर। हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे।
२ पत्रुस 3:13-15 नेपाली समकालीन संस्करण (NCV)
तर हामी उहाँको प्रतिज्ञाअनुसार एउटा नयाँ स्वर्ग र एउटा नयाँ पृथ्वी पर्खंदैछौं, जो धार्मिकताको घर हो। त्यसकारण प्रिय मित्रहरूहो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर। अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्।
२ पत्रुस 3:13-15 पवित्र बाइबल (NERV)
तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ। प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर। स्मरण राख कि हामीहरू बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो।
२ पत्रुस 3:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर हामी परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ पृथ्वी र नयाँ स्वर्गको बाटो हेर्दछौं। त्यहाँ धार्मिकता मात्रै रहनेछ। यसैकारण प्रियहरू, त्यो दिन पर्खिंदा परमेश्वरका अघि पवित्र र दागरहित हुन अनि परमेश्वरसँग मिलापमा रहन जति सक्दो बल गर। प्रभुले तिमीलाई पापबाट बाँच्ने मौका दिनुहुँदा उहाँ कति धीरजी हुनुहुन्छ, सो ध्यान देओ। हाम्रा प्रिय भाइ पावलले पनि परमेश्वरद्वारा पाएको ज्ञानबाट यी नै कुरा तिमीहरूलाई लेखेका थिए।