YouVersion लोगो
खोज आइकन

२ पत्रुस 3:1-18

२ पत्रुस 3:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्रियहरू, यो तिमीहरूलाई लेखेको दोस्रो पत्र हो। यी पत्रमा यिनै कुराहरूको सम्‍झना गराएर तिमीहरूका मनमा चोखा विचारहरू जगाउन खोजेको हुँ। बितेका समयमा पवित्र अगमवक्ताहरूले दिएको शिक्षा अनि प्रेरितहरूले सुनाएको हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा तिमीहरूले नबिर्सेको म चाहन्‍छु। सबैभन्दा पहिला तिमीहरूले बुझ्‍नुपर्छ कि आखिरी दिनमा आफ्‍नै छाडा चालमा चल्‍नेहरू निक्‍लिआउनेछन्। तिनीहरूले तिमीहरूको खिसी गरेर भन्‍नेछन्, “के ख्रीष्‍टले आउँछु भनेर प्रतिज्ञा गर्नुभएको होइन! हाम्रा पुर्खाहरू मरेर गए, तर संसारको सृष्‍टि भएदेखि चलेका सबै कुरा जस्‍ताको तस्‍तै चलिरहेका छन्।” तिनीहरू जानी-जानीकन पनि सृष्‍टिका कुरा नजानेझैँ गर्छन्। परमेश्‍वरले आफ्‍नो वचनले नै स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुभयो। पृथ्‍वी पानीबाट र पानीद्वारै बनियो। फेरि पानीले नै पुरानो संसार नाश भयो। तर अहिले भएको आकाश र पृथ्‍वी पनि आगोमा भस्‍म पारिन परमेश्‍वरको त्‍यही वचनले नै जोगाइराखिएको छ। परमेश्‍वर नमान्‍ने मानिसलाई दोषी ठहराएर नाश नगरेसम्‍म आकाश र पृथ्‍वी रहिरहनेछन्। तर प्रियहरू, एउटा कुरा याद राख। परमप्रभु परमेश्‍वरलाई एक दिन र एक हजार वर्षमा केही फरक छैन। कसै-कसैले विचारेजस्‍तो परमप्रभु परमेश्‍वर आफ्‍नो प्रतिज्ञा पूरा गर्न ढिलाउनुहुनेछैन। तर उहाँले तिमीहरूलाई पर्खिरहनुभएको छ। तिमीहरू कोही पनि नाश नभएको उहाँ चाहनुहुन्‍छ अनि सबैले आफ्‍ना पाप त्‍यागून् भन्‍ने उहाँको इच्‍छा छ। तर प्रभुले न्‍याय गर्नुहुने दिन चोरझैँ अचानक आउनेछ। त्‍यस दिन आकाश-मण्‍डल ठूलो आवाज गरेर हराउनेछ आकाशका तारा, ग्रह-नक्षत्रहरू जलेर भस्‍म हुनेछन्। पृथ्‍वी र पृथ्‍वीमा भएका सबै कुरा नाश हुनेछन्। सबै कुराहरू नाश गरिने हुँदा तिमीहरू कस्‍तो खालको मानिस हुनुपर्ने हो? तिमीहरूको जीवन पवित्र र परमेश्‍वरलाई चढाएको हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको न्‍याय गर्ने दिनको बाटो हेर्दा यो चाँडै होस् भनेर गर्नुपर्ने काम गर। त्‍यसै बेला आकाश-मण्‍डल डढेर भस्‍म हुनेछ अनि ग्रह-नक्षत्र तातोले पग्‍लेर जानेछन्। तर हामी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ पृथ्‍वी र नयाँ स्‍वर्गको बाटो हेर्दछौं। त्‍यहाँ धार्मिकता मात्रै रहनेछ। यसैकारण प्रियहरू, त्‍यो दिन पर्खिंदा परमेश्‍वरका अघि पवित्र र दागरहित हुन अनि परमेश्‍वरसँग मिलापमा रहन जति सक्‍दो बल गर। प्रभुले तिमीलाई पापबाट बाँच्‍ने मौका दिनुहुँदा उहाँ कति धीरजी हुनुहुन्‍छ, सो ध्‍यान देओ। हाम्रा प्रिय भाइ पावलले पनि परमेश्‍वरद्वारा पाएको ज्ञानबाट यी नै कुरा तिमीहरूलाई लेखेका थिए। यस बारेमा तिनले त्‍यस्‍तै कुरा आफ्‍ना पत्रहरूमा लेखेका थिए। उनले लेखेका कति कुराहरू केही अप्‍ठ्यारा छन्। नजान्‍ने र बेटुङ्गे मानिसहरूले त्‍यसको उल्‍टा-पाल्‍टा अर्थ पनि लाउँछन्। उनीहरूले धर्मशास्‍त्रको पनि त्‍यसरी नै अर्थ लगाउँछन्। यसरी उनीहरूले आफैंलाई नाशमा पुर्‍याउँछन्। तर प्रियहरू, तिमीहरूलाई यी सबै कुरा थाहा भइसकेका छन्। यसकारण होशियार गर। त्‍यसो हुँदा दुष्‍टहरूले अलमल्‍याउन पाउनेछैन अनि आफूले दह्रो गरी टेकेका ठाउँबाट लड्‍नेछैनौ। तर सधैँभरि हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको ज्ञान र अनुग्रहमा बढ्दै-बढ्दै जाओ। अहिले र सधैँ प्रभुकै प्रशंसा होस्। आमेन!

शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्

२ पत्रुस 3:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्‍कपट मनलाई उत्‍साहित गराएको छु, कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्‍झनुपर्छ। सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्छ, कि पछिल्‍ला दिनहरूमा गिल्‍ला गर्नेहरू गिल्‍ला गर्दै, तिनीहरूका आफ्‍नै अभिलाषामा यसो भन्‍दै आउनेछन्, “उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्‍टिको सुरुदेखि चलिआएजस्‍तै आज पनि छँदैछ।” जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्‍ता गर्दैनन्, कि परमेश्‍वरको वचनद्वारा स्‍वर्गहरू अघिदेखि नै थिए, र पृथ्‍वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो। त्‍यही पानीबाट त्‍यस समयको संसार जलप्रलयमा डुबेर नष्‍ट भयो। तर त्‍यही वचनले भक्तिहीन मानिसको इन्‍साफ र विनाशका दिनसम्‍मको लागि अहिलेको आकाश र पृथ्‍वी आगोको निम्‍ति साँचिराखिएका छन्‌। तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ। आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ। तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌। यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ? तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌। तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ। यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्‍टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्‍तिमा बस्‍नेहरू हुन प्रयत्‍न गर। हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे। उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्‍लेख गरेका छन्‌। तिनमा कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्‍त्रहरूलाई जस्‍तै उल्‍टापाल्‍टा पार्छन्, र आफ्‍नै विनाश ल्‍याउँछन्‌। यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्‍ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्‍नो स्‍थिरता नगुमाओ। तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्‌। आमेन।

शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्

२ पत्रुस 3:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे प्रिय मित्रहरू हो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले यी दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु। म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु। सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्‍ट विचारहरूलाई पछ्याउनेछन्। अनि तिनीहरूले भन्‍नेछन्, “उहाँले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्‍टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।” परमेश्‍वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्। अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्। त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्‍वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्। मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्‍वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो। केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्‍न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्‍न; तर प्रत्येकले पश्‍चात्ताप गरून् भन्‍ने चाहनुहुन्छ। तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्‍त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्। यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्‍वरीय जीवन बिताउनुपर्छ। जब तिमीहरूले परमेश्‍वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्। तर हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र एउटा पृथ्वी पर्खंदैछौँ, जो धार्मिकताको घर हो। त्यसकारण प्रिय मित्रहरू हो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, तब दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर। अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्‍ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्‍वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्। उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन कुराहरू अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैँ आफ्नै विनाशको निम्ति बङ्ग्याउँछन्। त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्। तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ।

शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्

२ पत्रुस 3:1-18 पवित्र बाइबल (NERV)

मेरा मित्रहरू, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरूको इमान्दारी हृदयहरूलाई केही चीजहरू सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरू लेखें। धेरै अघि पवित्र अगमवक्ताहरूले भनेको कुराहरू तिमीहरूले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झ जो हाम्रा प्रभु अनि उद्धारकर्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरूका प्रेरितहरू मार्फत दिनु भयो। तिमीहरूले बुझ्नै पर्छ कि अन्तिम दिनहरूमा के हुनेछ। मानिसहरू आउनेछन् जसले तिमीहरूलाई खिसी गर्नेछन्। ती मानिसहरू तिनीहरूको इच्छाले मागेको कुकर्महरू गरेर बाँच्नेछन्। ती मानिसहरूले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।” तर ती मानिसहरू धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरू थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो। तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो। अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन्। यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो। जस्तो अरू मानिसहरूले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ। तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ। यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्। तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ। प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर। स्मरण राख कि हामीहरू बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो। पावलले यी कुराहरूको बारेमा उनका सबै पत्रहरूमा यस्तो लेख्छन्। उनको पत्रहरूमा केही विषयहरू बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरू ती कुराहरूलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरू अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरू नै अन्य धर्मशास्त्रहरू पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरूले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्। प्रिय मित्रहरू, तिमीहरूले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरूलाई, तिनीहरूलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरू आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं। तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैँको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।