२ पत्रुस 1:5-9
२ पत्रुस 1:5-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्नेह, भातृ-स्नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्त छन् भने हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्मा र निष्फल हुनदेखि बचाउनेछन्। किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्धा र टाढ़ाका कुरा नदेख्नेजस्तो हुन्छ।
२ पत्रुस 1:5-9 नेपाली समकालीन संस्करण (NCV)
यसैको निम्ति नै आफ्नो विश्वासमा सद्गुण, र सद्गुणमा ज्ञान, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्नेह, र भातृ-स्नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर! किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने, हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनदेखि बचाउनेछन्। तर कसैमा ती छैनन् भने, ऊ नजिकै मात्र देख्ने र दृष्टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्ने कुरा भूलेको हुन्छ।
२ पत्रुस 1:5-9 पवित्र बाइबल (NERV)
यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप। अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरू प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरू प्रतिको स्नेहमा प्रेम थप। यदि यी जन्मै कुराहरू तिमीहरूमा छन् अनि तिनीहरू वृद्धि हुँदैछन् भने यी कुराहरूले तिमीहरूलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ। तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ।
२ पत्रुस 1:5-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसैकारण जति सक्दो तिमीहरूको विश्वासमा भलाइ थप्ने कोसिस गर। भलाइमा ज्ञान थप, ज्ञानमा संयम थप, संयममा धैर्य थप, धैर्यमा भक्ति, भक्तिमा दाजुभाइहरूको माया, दाजुभाइको मायामा प्रेम थप। तिमीहरूलाई चाहिने गुण यिनै हुन् अनि यी गुण प्रसस्त भए भने तिमीहरू हाम्रा प्रभु येशूको ज्ञानमा धेरै काम गर्ने र फल फलाउने हुनेछौ। तर यी गुण नहुनेहरू त परसम्मको कुरा नदेख्ने अन्धाहरू हुन्। तिनीहरूले आफ्ना पाप धोएको पनि बिर्सिसकेका हुन्छन्।