YouVersion लोगो
खोज आइकन

२ पत्रुस 1:3-9

२ पत्रुस 1:3-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नो महिमा र श्रेष्‍ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्‍वरको दिव्‍य शक्तिद्वारा जीवन र भक्तिको निम्‍ति हामीलाई चाहिने प्रत्‍येक थोक उहाँले दिनुभएको छ। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान्‌ प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावका सहभागी होओ। यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌। किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ।

शेयर गर्नुहोस्
२ पत्रुस 1 पढ्नुहोस्

२ पत्रुस 1:3-9 नेपाली समकालीन संस्करण (NCV)

उहाँको ईश्‍वरीय शक्‍तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रा जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ। जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ, यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्‍वरीय स्वभावमा सहभागी बन, र दुष्‍ट इच्छाहरूले ल्याउने संसारको भ्रष्‍टचारदेखि भाग्नसक्छौ। यसैको निम्ति नै आफ्नो विश्‍वासमा सद्गुण, र सद्गुणमा ज्ञान, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्‍ति, भक्‍तिमा भातृ-स्‍नेह, र भातृ-स्‍नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर! किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने, हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनदेखि बचाउनेछन्। तर कसैमा ती छैनन् भने, ऊ नजिकै मात्र देख्ने र दृष्‍टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्‍ने कुरा भूलेको हुन्छ।

शेयर गर्नुहोस्
२ पत्रुस 1 पढ्नुहोस्

२ पत्रुस 1:3-9 पवित्र बाइबल (NERV)

येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरू छन्, किनभने हामी उनलाई जान्दछौं। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ। यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप। अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरू प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरू प्रतिको स्नेहमा प्रेम थप। यदि यी जन्मै कुराहरू तिमीहरूमा छन् अनि तिनीहरू वृद्धि हुँदैछन् भने यी कुराहरूले तिमीहरूलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ। तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ।

शेयर गर्नुहोस्
२ पत्रुस 1 पढ्नुहोस्

२ पत्रुस 1:3-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पवित्र जीवन जिउनलाई चाहिएका सबै कुरा परमेश्‍वरको शक्तिबाट नै पाएका छौ किनभने आफ्‍नो महिमा र भलाइद्वारा बोलाउनुहुने परमेश्‍वरलाई हामीले चिनेका छौं। यसरी नै उहाँले प्रतिज्ञा गर्नुभएको ठूलो र अनमोल वरदान हामीलाई दिनुभयो। यसको कारणचाहिँ यस वरदानद्वारा तिमीहरू यस संसारमा भएको नाश गर्ने कुइच्‍छाबाट जोगिएर ईश्‍वरीय स्‍वभावको सहभागी होओ भनेर हो। यसैकारण जति सक्‍दो तिमीहरूको विश्‍वासमा भलाइ थप्‍ने कोसिस गर। भलाइमा ज्ञान थप, ज्ञानमा संयम थप, संयममा धैर्य थप, धैर्यमा भक्ति, भक्तिमा दाजुभाइहरूको माया, दाजुभाइको मायामा प्रेम थप। तिमीहरूलाई चाहिने गुण यिनै हुन् अनि यी गुण प्रसस्त भए भने तिमीहरू हाम्रा प्रभु येशूको ज्ञानमा धेरै काम गर्ने र फल फलाउने हुनेछौ। तर यी गुण नहुनेहरू त परसम्‍मको कुरा नदेख्‍ने अन्‍धाहरू हुन्। तिनीहरूले आफ्‍ना पाप धोएको पनि बिर्सिसकेका हुन्‍छन्।

शेयर गर्नुहोस्
२ पत्रुस 1 पढ्नुहोस्

२ पत्रुस 1:3-9

२ पत्रुस 1:3-9 NNRV२ पत्रुस 1:3-9 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्