२ पत्रुस 1:2-3
२ पत्रुस 1:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टलाई चिनेकोले तिमीहरूमा प्रसस्तसँग शान्ति र अनुग्रह रहोस्। पवित्र जीवन जिउनलाई चाहिएका सबै कुरा परमेश्वरको शक्तिबाट नै पाएका छौ किनभने आफ्नो महिमा र भलाइद्वारा बोलाउनुहुने परमेश्वरलाई हामीले चिनेका छौं।
२ पत्रुस 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा प्रशस्त हुँदैजाओस्। आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ।
२ पत्रुस 1:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्! उहाँको ईश्वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रो जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ।
२ पत्रुस 1:2-3 पवित्र बाइबल (NERV)
तिमीहरूलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरूले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरूले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ। येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरू छन्, किनभने हामी उनलाई जान्दछौं। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो।