२ राजाहरू 9:6-22
२ राजाहरू 9:6-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले तिनको शिरमा तेल खन्याएर यसो भनेर घोषणा गरे, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म तँलाई परमप्रभुको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु। तैंले आफ्ना मालिक आहाबको घरानालाई सर्वनाश गर्नुपर्छ, र ईजेबेलले बगाएको मेरा दासहरू, अर्थात् अगमवक्ताहरूको रगत र प्रभुका सबै दासहरूका रगतको साटो म लिनेछु। आहाबका सबै घराना नष्ट हुनेछन्। इस्राएलमा त्यसका घरानाको हरेक पुरुषलाई, फुक्का वा बँधुवा होस्, म नाश गर्नेछु। म आहाबको घरानालाई नबातको छोरो यारोबाम र अहियाहको छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु। ईजेबेललाई चाहिँ यिजरेलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, र कसैले त्यसलाई गाड्नेछैन’।” त्यसपछि ढोका खोलेर तिनी कुदेर गए। जब येहू फेरि सङ्गी-अधिकृतहरूकहाँ बाहिर आए, तब तिनीहरूमध्येका एक जनाले तिनलाई सोधे, “के सबै ठीकै छ? त्यो बौलाहा मान्छे किन तिमीकहाँ आएछ?” येहूले जवाफ दिए, “तिमीहरू ती मानिसलाई चिन्दछौ, र त्यसले के भन्छ सो त तिमीहरूलाई थाहै छ।” तिनीहरूले भने, “त्यो कुरा सत्य होइन, हामीलाई ठीक कुरा बताऊ।” येहूले भने, “तिनले मलाई के भने, त्यो त्यही हो: ‘परमप्रभु यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु’।” तब तिनीहरूले झट्टै आ-आफ्ना बाहिरी पोशाक उतारेर सिँढ़ीका ढुङ्गामा तिनी हिँड्नलाई ओछ्याइदिए। तब तिनीहरूले तुरही फुके र कराएर भने, “येहू राजा हुनुहुन्छ!” यसैले निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। अब योराम र सबै इस्राएलीहरूले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए, तर राजा योरामचाहिँ अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्दा अरामीहरूले तिनलाई लाएको चोटबाट निको हुनलाई यिजरेलमा गएका थिए। येहूले भने, “यदि तिमीहरूको यस्तै इच्छा छ भने, यिजरेलमा यो समाचार लैजानलाई सहरबाट कोही पनि उम्कन नपाओस् है।” तब तिनी आफ्नो रथमा चढ़ेर यिजरेलमा गए, किनभने योराम त्यहाँ आराम लिइरहेका थिए, र यहूदाका राजा अहज्याह तिनलाई हेर्न भनी त्यहीँ झरेका थिए। जब यिजरेलको धरहरामा उभिरहेको पहरादारले येहूका फौजलाई आइरहेका देखे, तब उनले कराएर भने, “म केही फौजहरू आइरहेका देख्दैछु।” योरामले हुकुम दिए, “एउटा घोड़चढ़ी तिनीहरूलाई भेट गर्न पठाएर सोध्न लगा, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो?” त्यो घोड़चढ़ी येहूलाई भेट्न गयो, र भन्यो, “राजा यसो भन्नुहुन्छ: “के तपाईं मित्रभावले आउनुभएको हो’?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्ता? तँ मेरो पछि लाग्।” त्यस पहरादारले बताइदियो, “त्यो खबर लैजानेले तिनीहरूलाई भेट्न त भेट्यो, तर त्यो फर्केर आएन।” तब राजाले अर्को घोड़चढ़ी पठाए। जब त्यो तिनीहरूकहाँ आयो, तब त्यसले भन्यो, राजा यसो भन्नुहुन्छ, “के तपाईं मित्रभावले आउनुभएको हो?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्ता? तँ मेरो पछि लाग्।” तब पहरादारले बताइदियो, “त्यसले तिनीहरूलाई भेट्न त भेट्यो, तर त्यो पनि फर्केर आएन। त्यो रथ हाँकेको त निम्शीका छोरा येहूले हाँकेजस्तै छ। तिनले बौलाहाजस्तै हाँक्छन्।” योरामले भने, “मेरो रथ तयार गर।” जब उनीहरूले त्यो तयार गरे, तब इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नो रथमा सवार भएर येहूलाई भेट्न गए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमै भेटे। जब योरामले येहूलाई देखे तब तिनले सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलका सबै मूर्तिपूजा र सबै मन्त्रतन्त्र रहँदा केको मित्रभाव?”

२ राजाहरू 9:6-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले येहूको शिरमा तेल खन्याएर घोषणा गरे, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म तँलाई याहवेहको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु। तैँले आफ्नो मालिक आहाबको घरानालाई नष्ट गर्नुपर्छ; र म ईजेबेलसँग त्यसले मेरा सेवक अगमवक्ताहरूका र याहवेहका सबै सेवकहरूका रगत बगाएको बदला लिनेछु। आहाबको सम्पूर्ण परिवार नष्ट हुनेछ। इस्राएलमा रहेका आहाबका प्रत्येक अन्तिम पुरुष, चाहे त्यो कमारा होस् वा फुक्का, म नाश गर्नेछु। म आहाबको घरानालाई नबातको छोरा यारोबामको घरानाझैँ र अहीयाहको छोरा बाशाको घरानाझैँ बनाउनेछु। ईजेबेलको विषयमा चाहिँ यिजरेलको जमिनमा त्यसलाई कुकुरहरूले खानेछन्, र कसैले पनि त्यसलाई गाड्नेछैन।’ ” त्यसपछि ढोका खोलेर तिनी भागे। जब येहू आफ्ना सङ्गी-अधिकारीहरूकहाँ बाहिर निस्के, तब तीमध्ये एक जनाले सोधे, “के सबै ठिक छ? ती बौलाहा मानिस तिमीकहाँ किन आएका थिए?” येहूले जवाफ दिए, “ती मानिस कस्ता छन् र तिनले कस्तो कुरा गर्छन्, त्यो तिमीलाई थाहै छ।” तिनीहरूले भने, “त्यो होइन! हामीलाई साँचो-साँचो भन।” येहूले भने, “त्यसले मलाई यसै भन्यो: ‘याहवेह यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु।’ ” तिनीहरूले तुरुन्तै आफ्ना खास्टोहरू खोलेर सिँढीमा ओछ्याए। अनि तिनीहरूले तुरही फुकेर “येहू राजा हुनुहुन्छ!” भनी कराए। यसकारण निम्शीका नाति यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। (योराम र सारा इस्राएलले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए, तर राजा योराम अरामका राजा हजाएलसितको लडाइँमा अरामीहरूले तिनलाई चोट पुर्याएका थिए। तर तिनी निको हुनलाई यिजरेलमा फर्किएका थिए।) अनि येहूले भने, “यदि तपाईंहरू मलाई राजा बनाउन चाहनुहुन्छ भने यिजरेलमा गएर यो खबर दिनलाई यस सहरबाट एक जनालाई पनि उम्केर जान नदिनुहोस्।” तब तिनी आफ्नो रथमा चढे, र यिजरेलमा गए। किनकि योराम त्यहाँ विश्राम गरिरहेका थिए। यहूदाका राजा अहज्याह तिनलाई भेट्न त्यहाँ आएका थिए। जब यिजरेलको धरहराबाट हेरिरहेका पहरेदारले येहूका दलहरू नजिक आउँदैगरेका देखे, “म केही दलहरू आइरहेको देखिरहेछु” भनेर तिनी कराए। योरामले हुकुम दिए, “एक जना घोडचढी तयार गर। त्यसलाई तिनीहरूलाई भेट्न पठाएर सोध्न लगा, ‘के तपाईं शान्तिपूर्वक आउनुभएको हो?’ ” त्यो घोडचढी येहूलाई भेट्न गयो, र भन्यो, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “तँलाई शान्तिसित के मतलब भयो र? मेरो पछि लाग्!” तब पहरेदारले यस्तो खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर तिनी फर्केको छैन।” यसकारण राजाले दोस्रो घोडचढीलाई पठाए। तिनी उनीहरूकहाँ पुगेपछि तिनले भने, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “शान्तिसित तँलाई के मतलब? मेरो पछि लाग्!” पहरेदारले खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर त्यो पनि फर्केको छैन। रथको हँकाइ त निम्शीका छोरा येहूको जस्तो छ; तिनी बौलाहा मानिसझैँ हाँक्छन्।” योरामले हुकुम दिए, “मेरो रथ तयार गर।” अनि त्यो तयार पारिएपछि इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह येहूलाई भेट्न आ-आफ्नै रथहरूमा सवार भए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमा भेटे। येहूलाई देखेपछि योरामले सोधे, “येहू, तिमी शान्तिपूर्वक आएका हौ?” येहूले जवाफ दिए, “तपाईंकी आमा ईजेबेलका मूर्तिपूजा र तन्त्रमन्त्र रहेसम्म कसरी शान्ति हुन सक्छ?”
२ राजाहरू 9:6-22 पवित्र बाइबल (NERV)
येहू उभिए अनि घरभित्र पसे। तब युवक अगमवक्ताले येहूको टाउकोमाथि तेल खन्याए। युवक अगमवक्ताले येहूलाई भने, “इस्राएलका परमेश्वरले भन्नु भएको छ, ‘इस्राएल अनि परमप्रभुका मानिसहरूको नयाँ राजाको रूपमा तिमीलाई अभिषेक गर्दै छु। तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्य, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु। यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो। म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु। यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।’” तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे। येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?” येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो थाहा छ बौलाह मानिस सधैँ केही कुराहरूको विषयमा हतारिन्छ?” अधीकारीहरूले भने, “होइन! हामीलाई साँच्चो कुरा भन। उसले के भन्यो?” येहूले अधिकारीहरूलाई युवक अगमवक्ताले भनेको कुरा बताए। येहूले भने, “उसले भन्यो, ‘यो कुरा परमप्रभुले भन्नुभएको हो मैले तिमीलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गरेको छु।’” तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सींडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।” यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए। त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए। राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाईँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिज्रेल गए। यसकारण येहूले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिज्रेलमा खबर भन्नकालागि त्यसै हिंड्न नदिनु।” योराम यिज्रेलमा विश्राम गरिरहेका थिए। यस कारण येहू आफ्नो रथमा चढे अनि यिज्रेलतिर हिंडे। यहूदाका राजा अहज्याह पनि योरामसँग भेट गर्न यिज्रेल आएका थिए। एक जना रक्षक यिज्रेलमा स्तम्भमाथि उभिएको थियो। उसले येहूको विशाल समूहलाई आउँदै गरेको देख्यो। उसले भन्यो, “म मानिसहरूको विशाल समुह देख्दै छु।” योरामले भने, “तिनीहरूसँग भेट गर्न कसैलाई घोडामा पठाऊ। त्यस दूतलाई ती मानिसहरू शान्तिको इच्छाले आएका हुन, कि सोध।” यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?’” येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।” रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।” तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहूको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।’” येहूले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।” रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।” योरामले भने, “मेरो रथ तयार गर!” यसकारण सेवकले योरामको रथ ल्यायो। इस्राएलका राजा योराम अनि यहूदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिए अनि येहूसँग भेट गर्न हिंडे। तिनीहरूले येहूसँग यिज्रेली नाबोतको जग्गाको छेऊमा भेट गरे। योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?” येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका काम गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”
२ राजाहरू 9:6-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब ती दुई एउटा भित्री कोठामा गए र ती युवा अगमवक्ताले येहूको टाउकोमा जैतुनको तेल खन्याएर उनलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘म तँलाई मेरा प्रजा इस्राएलका राजा अभिषेक गर्दछु। तैँले आहाबका छोराहरू तेरा मालिकहरूलाई मार्नेछस् र ईजेबेलले मेरा अगमवक्ता र अरू सेवकहरूको हत्या गरेको निम्ति म त्यसलाई दण्ड दिनेछु। आहाबका सम्पूर्ण घराना र सन्तान मारिनुपर्नेछ। म त्यसका परिवारका कमाराहरूसमेत सबै पुरुषहरू नाश गर्नेछु। इस्राएलका राजा यारोबाम र बाशाका परिवारलाई जसो गरेथें, त्यसका परिवारलाई म त्यसै गर्नेछु। ईजेबेल गाडिनेछैन, त्यसको लाशलाई यिजरेलको सिमानाभित्र कुकुरहरूले खानेछन्’।” त्यसो भनेर ती अगमवक्ता कोठाबाट निस्केर भागे। येहू आफ्ना साथी अधिकृतहरूकहाँ गए। तिनीहरूले सोधे, “के सबै ठीक छ? त्यस बौलाहाले तिमीसित के माग्यो?” येहूले उत्तर दिए, “त्यसले के चाहन्थ्यो, सो त तिमीहरू जान्दछौ त।” “हामी जान्दैनौं! त्यसले के भन्यो, हामीलाई भन,” तिनीहरूले जवाफ दिए। “त्यसले मलाई यसो भन्यो, ‘परमप्रभु भन्नुहुन्छ, म तँलाई इस्राएलका राजा अभिषेक गर्नेछु’।” तुरुन्तै येहूका साथी अधिकृतहरूले सिँढीमाथि येहू उभिनलाई आफ्ना ओढ्नीहरू ओछ्याए र तुरही फुक्दै कराएर भने, “येहू राजा हुन्!” त्यसपछि येहूले योराम राजाको विरुद्ध जाल रच्न लागे। त्यस बेला योराम आफूलाई लागेको चोट निको पार्न यिजरेलमा बसेका थिए। ती चोट उनलाई अरामका राजा हजाएलसित रामोत-गिलादमा लडाइँ गर्दा लागेको थियो। येहूले आफ्ना अधिकृतहरूलाई भने, “तिमीहरू मपट्टि छौ भने केही रामोत-गिलादबाट फुत्केर यिजरेलका मानिसहरूलाई खबर दिन जान नपाओस्।” त्यसपछि आफ्नो रथमा चढी उनी यिजरेलतर्फ गए। योराम अझसम्म निको भएका थिएनन् र यहूदाका राजा अहज्याह उनलाई भेट्न त्यहाँ आएका थिए। यिजरेलको पहरे धरहरामा उभिएको पहरादारले येहू र उनका फौजलाई आइरहेको देखेर कराएर भन्यो, “म एक दल मानिसहरू रथ चढेर आइरहेको देख्दै छु।” योरामले उत्तर दिए, “तिनीहरू मित्रभावले आएका हुन् कि होइनन्, त्यो बुझ्न एउटा घोडचढी पठाऊ।” घोडचढी येहूकहाँ गयो र उनलाई भन्यो, “तपाईं मित्रभावले आउनुभएको हो कि कसो? राजाले जान्न चाहनुहुन्छ।” येहूले जवाफ दिए, “त्योसित तँलाई के मतलब? तँ मेरो पछि लाग्।” धरहराको पहरादारले घोडचढी त्यस दलकहाँ त पुग्यो तर फर्केन भनी सूचना दियो। अर्को घोडचढी पठाइयो। त्यसले गएर येहूलाई त्यही प्रश्न गर्यो। येहूले फेरि उत्तर दिए, “त्योसित तँलाई के मतलब? तँ मेरो पछि लाग्।” फेरि पहरादारले घोडचढी त्यस दलकहाँ त पुग्यो तर फर्केन भनी सूचना दियो र त्यसले भन्यो, “दलका अगुवाले बौलाहाझैँ आफ्नो रथ हाँक्दै छ, त्यो त येहूजस्तो पो देखिंदै छ।” “मेरो रथ तयार गर,” योराम राजाले आज्ञा दिए। रथ तयार गरियो। उनी र राजा अहज्याह आ-आफ्ना रथमा चढेर येहूलाई भेट्न गए। तिनीहरूले उनलाई नाबोतको खेतबारीमा भेटे। “के तिमी मित्रभावले आएका हौ?” योरामले सोधे। “कसरी मिलाप हुन सक्छ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलले सुरु गरेका बोक्सी-विद्या र मूर्तिपूजा हाम्रा बीचमा अझै छँदैछ!”