२ राजाहरू 8:20-22
२ राजाहरू 8:20-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोरामको समयमा यहूदाको विरुद्धमा बागी भएर एदोमले आफ्नै राजा खड़ा गर्यो। यसैले यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के। एदोम आजको दिनसम्मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्ना पनि त्यसै बेला बागी भयो।
२ राजाहरू 8:20-22 पवित्र बाइबल (NERV)
योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे। तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे। यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।
२ राजाहरू 8:20-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोरामका शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र त्यो देश स्वतन्त्र भयो। यहोराम आफ्ना सबै रथ लिएर जाईरतर्फ लागे तर त्यहाँ एदोमीहरूले तिनीहरूलाई घेरे। राती उनी र उनका रथ-सेनाका सेनापतिहरू उम्के र भागे र उनका सिपाहीहरू छरपष्ट भएर आ-आफ्ना घरतिर लागे। त्यसपछि एदोम सदा यहूदाबाट स्वतन्त्र भई बसेको छ। यही समयमा लिब्ना सहरले पनि विद्रोह गर्यो।