२ राजाहरू 7:1-2
२ राजाहरू 7:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एलीशाले भने, “परमप्रभुको वचन सुन्नुहोस्। परमप्रभु यसो भन्नुहुन्छ: ‘भोलि यही बेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बिक्री हुनेछ।” जुन अधिकृतका हातको भर लिएर राजा हिँड्थे, तिनले परमेश्वरका जनलाई भने, “हेर, परमप्रभुले स्वर्गका झ्यालहरू खोलिदिनुभयो भने पनि के यस्तो हुन सक्थ्यो र?” एलीशाले जवाफ दिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर तिमीले त्यसबाट केही खान पाउनेछैनौ।”
२ राजाहरू 7:1-2 पवित्र बाइबल (NERV)
एलीशाले भने, “पमरप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छः ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेऊ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौंको पीठो किन्न सक्ने छ।’” तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।” एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”
२ राजाहरू 7:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एलीशाले उत्तर दिए, “परमप्रभु के भन्नुहुन्छ, त्यो सुन्नुहोस्। भोलि यस घडीसम्ममा तपाईं सामरियामा चाँदीको एक टुक्राले तीन किलोग्राम सबैभन्दा असल गहुँ वा छ किलोग्राम जौ किन्न सक्नुहुनेछ।” राजाका एक निजी अधिकृतले एलीशालाई भने, “त्यो हुन सक्दैन, परमप्रभु आफैंले स्वर्गका झ्यालहरू खोलिदिनुभयो भने पनि त्यो हुन सक्दैन!” “त्यो भएको तिमीले देख्नेछौ तर त्यो खाना तिमीले छुन पनि पाउनेछैनौ,” एलीशाले उत्तर दिए।