२ राजाहरू 5:14-15
२ राजाहरू 5:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले उनी तल ओर्ले र परमेश्वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्ट स्वयम् डुबुल्की मारे, र उनको मासु ज्यूँका त्यूँ भयो, जवान केटाको जस्तै भयो। तब नामान र उनका नोकरहरू परमेश्वरका जनकहाँ फर्केर आए। उनी तिनको सामु खड़ा भएर भने, “अब मलाई थाहा भयो, कि इस्राएलमा बाहेक सारा संसारमा कुनै परमेश्वर हुनुहुन्न। कृपा गरी अब आफ्नो दासबाट केही उपहार लिनुहोस्।”
२ राजाहरू 5:14-15 पवित्र बाइबल (NERV)
यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो। नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”
२ राजाहरू 5:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसरी नामान यर्दनमा गए र एलीशाको आदेशअनुसार सात पटक नदीमा डुबुल्की मारे र पूरा निको भए। उनको शरीर साना बालकको जस्तै स्वस्थ र शुद्ध भयो। आफ्ना सबै चाकरहरूसित एलीशाकहाँ आएर तिनले भने, “अब मलाई थाहा भयो कि इस्राएलका परमेश्वरबाहेक अरू कोही ईश्वर संसारमा छैनन् र हजुर, कृपा गरी मबाट एउटा कोसेली ग्रहण गर्नुहोस्।”