२ राजाहरू 22:3-19
२ राजाहरू 22:3-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो शासनकालको अठारौँ वर्षमा योशियाह राजाले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई परमप्रभुको मन्दिरमा पठाए। तिनले भने, “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ, र ढोकेहरूले मानिसहरूबाट ग्रहण गरेका, परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँपैसा तयार राख्नू भनी तिनलाई भन। मन्दिरका मुख्य कर्मचारीहरूका हातमा त्यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मरम्मत गर्ने मानिसहरूलाई देऊन्। अर्थात् सिकर्मी, डकर्मी र निर्माण गर्नेहरूलाई। मन्दिर मरम्मतको निम्ति काठपात र काटेका ढुङ्गाहरू तिनीहरूले किनून्। तिनीहरूलाई दिइएको रकमको हरहिसाब तिनीहरूले नलिऊन्, किनभने तिनीहरू विश्वाससित काम गरिरहेका छन्।” प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए, र तिनले त्यो पढ़े। तब सचिव शापान राजाकहाँ गएर तिनलाई भने, “हजूरका अधिकारीहरूले परमप्रभुको मन्दिरमा भएको रकम लिएर मन्दिरमा काम गर्नेहरू र कामको हेरचाह गर्नेहरूलाई दिएका छन्।” त्यसपछि सचिव शापानले राजालाई यो सूचना दिए, “प्रधान पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” अनि शापानले त्यो राजाको सामुन्ने पढ़ेर सुनाए। जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते। तिनले पूजाहारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका टहलुवा असायाहलाई यो हुकुम गरे: “मेरो आफ्नै लागि, प्रजाको लागि र सबै यहूदाको लागि यो फेला पारेको पुस्तकमा के लेखिएको छ भनी गएर परमप्रभुसित सोधपूछ गर। हाम्रा विरुद्धमा परमप्रभुको भयानक रीस उठेको छ, किनभने हाम्रा पिता-पुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेका छैनन्। हाम्रा विषयमा त्यहाँ लेखिएका सबै कुराअनुसार तिनीहरूले व्यवहार गरेका छैनन्।” यसैले पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्। तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन, “परमप्रभु यसो भन्नुहुन्छ: यहूदाका राजाले पढ़ेको यस पुस्तकमा लेखिएको हरेक कुराबमोजिम म यस स्थान र त्यसका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु। तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र आफ्नै हातले बनाएका सबै मूर्तिहरूद्वारा मलाई रीस उठाएका छन्। यसैकारण यस स्थानको विरुद्धमा मेरो रीस उठेको छ, र त्यो शान्त हुनेछैन’। परमप्रभुलाई सोधपूछ गर्न पठाउने यहूदाका राजालाई तिमीहरूले यही कुरा भन, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ: तेरो हृदय जवाफ दिनलाई उत्सुक भएकोले, र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेको कुरा कि तिनीहरू श्रापित र उजाड़ हुनेछन् भन्ने सुनेर परमप्रभुको सामुन्ने तँ विनम्र भएकाले, र तैंले आफ्नो पोशाक च्यातेर मेरो उपस्थितिमा विलाप गरेको हुनाले, तँलाई मैले सुनेको छु, परमप्रभु भन्नुहुन्छ’।

२ राजाहरू 22:3-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले मशुल्लामका नाति असल्याहका छोरा सचिव शापानलाई याहवेहको मन्दिरमा पठाए। तिनले भने, “प्रधान पुजारी हिल्कियाहकहाँ जानू, र तिनलाई ढोकामा खटिएकाहरूले मानिसहरूबाट उठाएका रकम, जुन याहवेहको मन्दिरमा ल्याइएको छ, त्यो तयार राख्न लगाउनू। मन्दिरको काम रेखदेख गर्न खटाइएका मानिसहरूलाई ती जिम्मा लगाइदिनू। अनि यी मानिसहरूलाई याहवेहको मन्दिर मर्मत गर्ने कर्मचारीहरूलाई ती तिर्न लगाऊनू— अर्थात् सिकर्मीहरू, निर्माण गर्नेहरू र डकर्मीहरूलाई। मन्दिर मर्मत गर्नलाई तिनीहरूलाई काठ र काटिएका ढुङ्गाहरू पनि किन्न लगाऊनू। तर तिनीहरूलाई दिइएको रकमको हिसाब तिनीहरूले नलिऊन्; किनकि तिनीहरू इमानदार छन्।” प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक मन्दिरमा भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए, र तिनले त्यो पढे। तब सचिव शापान राजाकहाँ गए, र तिनले उहाँलाई यसको खबर दिए, “तपाईंका अधिकृतहरूले याहवेहको मन्दिरमा भएको रकम बुझाएर त्यसलाई मन्दिरका कर्मचारीहरू र रेखदेख गर्नेहरूको जिम्मामा दिए।” त्यसपछि सचिव शापानले राजालाई बताए, “प्रधान पुजारी हिल्कियाहले यो पुस्तक मलाई दिएका छन्।” राजाले व्यवस्थाका पुस्तकका वचनहरू सुनेपछि तिनले आफ्ना वस्त्र च्याते। तिनले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका सेवक असाहायाहलाई यो हुकुम दिए: “जाओ र मेरा निम्ति, मानिसहरूका निम्ति र सारा यहूदाका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्लाह लेओ। हाम्रो विरुद्धमा याहवेहको ठूलो क्रोध दन्केको छ। किनकि हाम्रा पितापुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेका छैनन्। तिनीहरूले त्यसमा हाम्रो विषयमा लेखिए अनुसारका काम गरेका छैनन्।” पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असाहायाह वस्त्रहरूको हेरचाह गर्ने हरहसका नाति तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए। तिनी यरूशलेमको नयाँ भागमा बस्थिन्। तिनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: म यस ठाउँ र यसमा भएका मानिसहरूमा यहूदाका राजाले पढेका पुस्तकमा लेखिएअनुसार सबै विपत्ति ल्याउनेछु। तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूकहाँ धूप बालेका छन्। तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाएको कारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्किनेछ, र त्यो थामिनेछैन।’ याहवेहसित सल्लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तेरो हृदय संवेदनशील भयो, र तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका मानिसहरूका विरुद्धमा बोलेको वचन सुनेर तैँले याहवेहको सामु आफूलाई नम्र तुल्याईस्। अनि आफ्ना वस्त्रहरू च्यातेर मेरो उपस्थितिमा रोइस्। यसैले मैले तेरो कुरा सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ।
२ राजाहरू 22:3-19 पवित्र बाइबल (NERV)
योशियाह राजा भएको अठारह्रौं बर्षमा, उनले मशुल्लामका छोरा जाति असल्याहको छोरा, शापानलाई सचिव बनाएर र उनलाई परमप्रभुको मन्दिरमा पठाए। योशियाहले भने, “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सँग्रह गरेका थिए। पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिर मर्मत गर्न कर्मीहरूलाई दिएर प्रयोग गर्नु पर्छ। पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसहरूलाई दिएर प्रयोग गर्नु पर्छ। त्यो धन सिकर्मी, डकर्मी र ढुङ्गाकाट्नेहरूमा प्रयोग गर्नु पर्छ। अनि त्यो धन काठ किन्नु अनि ढुङ्गा काट्नुमा खर्च गर्नु पर्छ जो मन्दिरमा ठोक्न चाहिन्छ। रूपियाँ गन्ती नगर्नु जो तिमी कर्मीहरूलाई दिन्छौ। ती कर्मीहरूलाई विश्वास गर्न सक्नु पर्छ।” प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “सुन, परमप्रभुको मन्दिरमा मैले व्यवस्थाको पुस्तक पाएँ।” हिल्कियाले पुस्तक शापानलाई दिए अनि शापानले त्यो पढे। सचिव शापान राजा योशियाहकहाँ गए अनि उनलाई के भयो भने। शापनले भने, “तपाईका सेवकहरूले सबै धन सँग्रह गरेका छन् जो मन्दिरमा थियो। तिनीहरूले त्यो परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसरूलाई दिए।” तब सचिव शापानले राजालाई भने, “अनि हिल्कियाह पूजाहारीले त्यो पुस्तक मलाई पनि दिए।” तब शापानले राजाका लागि पुस्तक पढे र सुनाए। जब राजाले व्यवस्थाको पुस्तक का शब्दहरू सुने, उनले आफूलाई उदास र अशान्त देखाउन आफ्ना लुगाहरू च्याते। तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए। राजा योशियाहले भने, “जाऊ अनि परमेश्वरलाई सोध हामीले के गर्नु पर्छ? परमप्रभुलाई मेरो निम्ति, मानिसहरूको निम्ति तथा सम्पूर्ण यहूदाको निम्ति सोध। पाइएको पुस्तकका शब्दहरूको विषयमा सोध। परमप्रभु हामीसित रिसाउनु भएको छ। किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका शब्दहरू सुनेनन्। तिनीहरूले सबै आदोशहरू पालन गरेनन् जो हाम्रोलागि लेखिएका थिए।” यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने गर्थिन्। तिनीहरू हुल्दासित कुरा गरे। तब हुल्दाले तिनीहरूलाई भनिन, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः त्यो मानिसलाई भन जसले तिमीलाई मकहाँ पठाएका छ। ‘परमप्रभु यस्तो भन्नुहुन्छ म यस ठाउँ र यहाँका मानिसहरूमाथि सङ्कट ल्याउँदैछु। यी सङ्कटहरू पुस्तकमा उल्लिखित छन् जसलाई यहूदाका राजाले पढे। यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’ “यहूदाका राजा योशियाहले तिमीलाई परमप्रभुबाट सल्लाह लिन भनी पठाए। योशियाहलाई यी कुरा भनः ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएका शब्दहरू तिमीले सुन्यौ। यस ठाउँ र यहाँ बस्ने मानिसहरूको विषयमा मैले भनेको तिमीले सुन्यौ तिम्रो हृदय कमलो थियो। तिमीले दुःख मान्यौ जब ती कुरा सुन्यौ मैले भनें यस ठाउँमा डरलाग्दो घटनाहरू हुनेछ (यरूशलेम) तिमीले आफ्नो दुःख देखाउन आफ्नो लुगा च्यात्यौ अनि तिमी रून थाल्यौ। यसैकारण मैले तिम्रो कुरा सुने।’ परमप्रभु यस्तो भन्नुहुन्छ।
२ राजाहरू 22:3-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
योशियाहको पालोमा असल्याहको छोरो अनि मशुल्लामको नाति शापान राजदरबारका सचिव थिए। उनलाई राजाले आफ्नो राज्यकालको अठारौँ वर्षमा यो आज्ञा दिई मन्दिरमा पठाए, “मुख्य पूजाहारी हिल्कियाहकहाँ जाऊ र ढोकामा सेवा गर्ने पूजाहारीहरूले मानिसहरूबाट कति पैसा बटुलेछन्, त्यसको हिसाब लिएर आऊ। मन्दिर मरमत गर्ने जिम्मा लिएका मानिसहरूलाई त्यो पैसा दिनू भनी उनलाई भन। तिनीहरूले सिकर्मी, डकर्मी र घर बनाउनेहरूको ज्याला दिनेछन् र मरमत गर्ने काममा लाग्ने काठपात र ढुङ्गाहरू किन्नेछन्। कामको जिम्मा दिने मानिसहरू सबै पूरा इमानदार छन् र तिनीहरूबाट खर्चको हिसाब लिने प्रयोजन छैन।” राजाको आदेश शापानले हिजकियालाई दिए। आफूले मन्दिरमा मोशाका व्यवस्थाको पुस्तक पाएको कुरा हिजकियाले उनलाई भने। पुस्तक हिजकियाले उनलाई दिए अनि त्यो उनले पढे। राजाकहाँ फर्किगएर उनले भने, “तपाईंका सेवकहरूले मन्दिरको पैसा लगेर मरमत गर्न खटिएका मानिसहरूका हातमा दिए।” त्यसपछि उनले भने, “हिजकियाले दिएको एउटा पुस्तक मसित छ।” अनि उच्च सोरले पढेर त्यो राजालाई सुनाए। पुस्तक पढेको सुनेपछि राजाले व्याकुल भएर आफ्नो वस्त्र च्याते। उनले हिल्कियाह पूजाहारी शापानको छोरो अहीकाम, मीकायाको छोरो अक्बोर, राजदरबारका सचिव शापान र आफ्नो सुसारे असायाहलाई यस्तो आज्ञा दिए, “गएर मेरो र यहूदाका सबै मानिसहरूको खातिर यस पुस्तकको शिक्षाबारे परमप्रभुसित सोधपुछ गर। यस पुस्तकमा भनेअनुसार हाम्रा पुर्खाहरूले गरेनन् र परमप्रभु हामीसित रिसाउनुभएको छ।” हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह एउटी हुल्दा नाम गरेकी स्त्रीकहाँ सोधपुछ गर्न गए। तिनी यरूशलेमको नयाँटोलमा बास गर्ने अगमवादिनी थिइन्। (तिक्भाको छोरो र हरहसको नाति शल्लूम तिनका लोग्ने थिए र तिनले मन्दिरका लत्ताकपडाको हेरचाह गर्थे।) तिनीहरूले भएका सबै कुरा हुल्दालाई बताए अनि तिनले तिनीहरूलाई राजाकहाँ फर्किगई परमप्रभुबाट उनलाई यो समाचार सुनाइदिनू भनिन्, “राजाले पढेका पुस्तकमा लेखिएअनुसार म यरूशलेम र त्यसका सबै मानिसहरूलाई दण्ड दिनेछु। तिनीहरूले मलाई अस्वीकार गरे र अरू देवी-देवताहरूलाई बलि चढाए। यसरी तिनीहरूले आफ्ना कामले मेरो क्रोध जगाएका छन्। यरूशलेममाथि मेरो क्रोध उठेको छ र मेरो क्रोध मर्नेछैन। राजा आफैंलाई चाहिँ म इस्राएलका परमप्रभु परमेश्वर यसो भन्दछु, ‘त्यस पुस्तकमा लेखिएका कुरा तैँले सुनिस् र तैँले मेरो अघि पश्चात्ताप गरेर आफैंलाई नम्र तुल्याइस् अनि मैले यरूशलेम र त्यसका प्रजालाई हप्काएको सुनेर तैँले रुँदै आफ्ना वस्त्र च्यातिस्। म त्यसको दुर्दशा डरलाग्दो बनाउनेछु र सराप दिंदा मानिसहरूले त्यसको नाममा सराप दिनेछन्। तर मैले तेरो प्रार्थना सुनेको छु