YouVersion लोगो
खोज आइकन

२ राजाहरू 19:14-19

२ राजाहरू 19:14-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हिजकियाले यो चिट्ठी समाचारवाहकहरूबाट लिए, र पढ़े। तब तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए, र परमप्रभुको सामुन्‍ने त्‍यो खोलेर राखिदिए। र हिजकियाले परमप्रभुमा यो प्रार्थना चढ़ाए: “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, जो करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुन्‍छ, पृथ्‍वीका सारा राज्‍यहरूमा तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ। तपाईंले स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुभयो! हे परमप्रभु, आफ्‍ना कान खोलेर सुन्‍नुहोस्‌! हे परमप्रभु, आफ्‍ना आँखा खोलेर हेर्नुहोस्‌। जीवित परमेश्‍वरलाई ठट्टा गर्न सनहेरीबले पठाएका कुराहरू सुन्‍नुहोस्‌। “हे परमप्रभु, यो कुरा साँचो हो, कि अश्‍शूरका राजाहरूले यी जाति-जातिहरू र यिनीहरूका देशहरूलाई उजाड़ पारेका छन्‌। उनीहरूले यिनीहरूका देवताहरूलाई आगोमा हालेर सर्वनाश पारिदिएका छन्, किनकि तिनीहरू त ईश्‍वर थिएनन्, तर मानिसहरूका हातले बनाएका काठ र ढुङ्गा मात्र थिए। अब हे परमप्रभु हाम्रा परमेश्‍वर, उनको हातबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्‍वीका सबै राज्‍यहरूले यो जानून्‌ कि परमप्रभु, तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ।”

शेयर गर्नुहोस्
२ राजाहरू 19 पढ्नुहोस्

२ राजाहरू 19:14-19 पवित्र बाइबल (NERV)

हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए। हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर, त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो। हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्। हे परमप्रभु, यो सत्य हो। अश्शूरका राजाहरूले ती सबै राष्ट्रहरूलाई खत्‌तम पारे। तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्‌तम पार्न सके। यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”

शेयर गर्नुहोस्
२ राजाहरू 19 पढ्नुहोस्

२ राजाहरू 19:14-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

चिठी ल्‍याउनेहरूका हातबाट चिठी लिई हिजकिया राजाले पढे। त्‍यसपछि उनी मन्‍दिरमा गए र त्‍यहाँ परमप्रभुको अघि चिठी राखे र यसरी प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्‍वर्गदूतहरूभन्दा माथि आफ्‍ना सिंहासनमा विराजमान हुनुहुने तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ! र संसारका सबै राज्‍यहरूमाथि शासन गर्नुहुन्‍छ। तपाईंले स्‍वर्ग र पृथ्‍वी सृजनुभयो। परमप्रभु, अब हामीमाथि के भइरहेको छ, सो हेर्नुहोस्। तपाईं जीवित परमेश्‍वरको अपमान गरेर सनहेरीबले के कुराहरू भन्‍दै छन्, ती सुन्‍नुहोस्। परमप्रभु! हामी सबैले जान्‍दछौं कि अश्‍शूरका राजाहरूले धेरै जातिहरूलाई नाश गरे, तिनका देशहरू उजाड पारिदिए र देवताहरू जलाइदिए। तर ती देवताहरू परमेश्‍वर होइनन्; तर मानिसका हातले बनाएका काठ र ढुङ्गाका मूर्तिहरू मात्र हुन्। परमप्रभु, हाम्रा परमेश्‍वर! अब हामीलाई अश्‍शूरीहरूका हातबाट बचाउनुहोस् र हे परमप्रभु! संसारका सबै जातिहरूले तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ भनी जान्‍नेछन्।”

शेयर गर्नुहोस्
२ राजाहरू 19 पढ्नुहोस्