२ राजाहरू 18:7-8
२ राजाहरू 18:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभु तिनीसँग रहनुहुन्थ्यो। तिनले गरेका सबै काममा तिनी सफल भए। तिनी अश्शूरका राजाको विरुद्धमा बागी भए, र उनको सेवा गरेनन्। पलिश्तीहरूको देश गाजा र त्यसको इलाकासम्म, पहरादार बस्ने धरहरादेखि लिएर किल्ला भएको सहरसम्म तिनले जिते।
२ राजाहरू 18:7-8 पवित्र बाइबल (NERV)
परमप्रभु हिजकियाहसँग हुनुहुन्थ्यो। हिजकियाह प्रत्येक काममा सफल भए जो उनले गरे। हिजकियाह अश्शूरका राजाबाट अलग भए। हिजकियाहले अश्शूरका राजाको सेवा गर्न बन्द गरे। हिजकियाहले गाजासम्म तथा यसको वरिपरि पलिश्तीलीहरूलाई पराजित गरे। उनले सानो देखि ठूलो सबै पलिश्तीली शहरहरू पराजित गरे।
२ राजाहरू 18:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण परमप्रभु उनीसित हुनुहुन्थ्यो र आफूले हात लाएका सबै काममा उनी सफल हुन्थे। उनले अश्शूरका राजाको विरुद्धमा विद्रोह गरे र उनको अघि शिर निहुराउन इन्कार गरे। उनले पलिश्तीहरूलाई जिते। तिनीहरू बसेका ठाउँहरूमा छापा मारेर सानोभन्दा सानो गाउँदेखि ठूलाभन्दा ठूला सहर, गाजा र त्यसका छिमेकीका देशहरूमा समेत उनले तिनीहरूलाई जिते।