२ राजाहरू 17:13-40
२ राजाहरू 17:13-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले आफ्ना सबै अगमवक्ता र दर्शीहरूद्वारा इस्राएल र यहूदालाई गम्भीर चेताउनी दिनुभयो: “तिमीहरूले आफ्ना खराब चाल छोड़। मेरा आज्ञाहरू र उर्दीहरू सम्पूर्ण व्यवस्थाअनुसार पालन गर, जो मैले तिमीहरूका पुर्खाहरूलाई मान्नू भनी आज्ञा गरेको थिएँ, र मेरा दास अगमवक्ताहरूद्वारा तिमीहरूलाई दिएको थिएँ।” तर तिनीहरूले सुन्न मानेनन्, र परमप्रभु तिनीहरूका परमेश्वरमाथि भरोसा गर्नलाई इन्कार गरेका तिनीहरूका पिता-पुर्खाहरूझैँ तिनीहरू हठी भए। तिनीहरूले उहाँका उर्दीहरू र उहाँले तिनीहरूका पिता-पुर्खाहरूसँग बाँध्नुभएको करार र तिनीहरूलाई दिनुभएका चेताउनीहरू इन्कार गरे। तिनीहरू बेकामका मूर्तिहरूपछि लागे, र तिनीहरू आफै पनि बेकामका भए। तिनीहरूले आफ्ना वरिपरि भएका जातिहरूको नकल गरे, यद्यपि परमप्रभुले तिनीहरूलाई यसो भनेर हुकुम गर्नुभएको थियो, “उनीहरूले गरेझैँ तिमीहरू नगर।” र परमप्रभुले तिनीहरूलाई मनाही गर्नुभएका कुरा तिनीहरूले गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरका सबै आज्ञाहरू त्यागे, र आफ्ना निम्ति बाछाको आकारमा ढालेर बनाइएका दुई वटा मूर्तिहरू र एउटा अशेरा देवीको खम्बा बनाए। तिनीहरू आकाशका सबै तारामण्डलको सामुन्ने घोप्टो परे, र बालको पूजा गरे। तिनीहरूले आफ्ना छोराहरू र छोरीहरूलाई आगोमा होम गरे। तिनीहरूले जोखना हेरे, र टुनामुना गरे, र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यो गर्न तिनीहरूले आफैलाई बेचेर उहाँलाई रीस उठाए। यसैले परमप्रभु इस्राएलसित साह्रै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो। केवल यहूदाको कुल मात्र छोड़ियो, र यहूदाले पनि परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालन गरेनन्। इस्राएलले चलाएका चालमा तिनीहरू हिँड़े। यसकारण परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई त्याग्नुभयो। उहाँले तिनीहरूलाई कष्ट दिनुभयो, र लूटपीट गर्नेहरूका हातमा सुम्पिदिनुभयो, जबसम्म तिनीहरूलाई आफ्नो उपस्थितिदेखि फालिदिनुभएन। जब उहाँले इस्राएललाई दाऊदको घरानाबाट अलग गर्नुभयो, तब तिनीहरूले नबातका छोरा यारोबामलाई राजा तुल्याए। यारोबामले इस्राएललाई परमप्रभुको पछि लाग्नुबाट फकाएर एउटा ठूलो पाप गर्न लाए। इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, र ती त्यागेनन्, जबसम्म परमप्रभुले आफ्ना सबै दास अगमवक्ताहरूद्वारा चेताउनी दिनुभएझैँ तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकाल्नुभएन। यसैले इस्राएलका मानिसहरू आफ्नो मातृ-भूमिबाट अश्शूर देशमा निर्वासित गरिएर लगिए, र तिनीहरू अझै पनि त्यहीँ छन्। अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याएर उनीहरूलाई इस्राएलीहरूका सट्टामा सामरियाका नगरहरूमा बसाले। उनीहरूले सामरिया कब्जा गरे, र उनीहरू त्यसका नगरहरूमा बसे। जब उनीहरू पहिले त्यहाँ बसे, उनीहरूले परमप्रभुको उपासना गरेनन्। यसैले परमप्रभुले उनीहरूका बीचमा सिंहहरू पठाइदिनुभयो, र तिनीहरूले केही मानिसहरूलाई मारे। अश्शूरका राजालाई यस्तो प्रतिवेदन पठाइयो: “हजूरले निर्वासन गरेर पठाउनुभएका र सामरियाका नगरहरूमा बसोबास गरेका मानिसहरूले त त्यस देशका देवतालाई चाहिने काम जान्दैनन्। उनीहरूले यो नजानेका हुनाले ती देवताले उनीहरूका बीचमा सिंहहरू पठाएर तिनीहरूले उनीहरूलाई मार्दैछन्।” तब अश्शूरका राजाले यो हुकुम दिए: “सामरियाबाट कैद गरेर ल्याएका कुनै एउटा पूजाहारी त्यहाँ बस्नलाई पठाइऊन्, ताकि तिनले मानिसहरूलाई त्यस देशका देवताका रीति सिकाइदेऊन्।” यसैले सामरियाबाट निर्वासनमा लगिएका एक जना पूजाहारी आएर बेथेलमा बस्न लागे, र परमप्रभुलाई कसरी आराधना गर्नुपर्छ भनी तिनले उनीहरूलाई सिकाए। तैपनि प्रत्येक जातिको दलले आफू-आफू बसेका नगरहरूमा आ-आफ्नै देवताहरू बनाए, र सामरीहरूले बनाएका अल्गा-अल्गा ठाउँहरूमा भएका पूजा गर्ने थानहरूमा ती बसाले। बेबिलोनबाट आएका मानिसहरूले सुक्कोत-बनोत, कूताका मानिसहरूले नेर्गल, र हमातका मानिसहरूले अशीमा, अव्वीहरूले नेभज र तर्ताकलाई बनाए, अनि सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई बलिदान स्वरूप आगोमा होम गर्थे। उनीहरूले परमप्रभुको उपासना त गर्थे, तापनि अल्गा-अल्गा ठाउँमा भएका देवताथानहरूका लागि पूजाहारी काम गर्नलाई आफ्नै जातिबाट पनि उनीहरूले मानिसहरू नियुक्त गरे। उनीहरूले परमप्रभुको उपासना गर्थे, तर जुन जातिहरूबाट उनीहरू ल्याइएका थिए, उनीहरूकै रीतिअनुसार चलेर उनीहरूले आफ्नै देवताहरूको सेवा पनि गर्थे। उनीहरूले अघि-अघिका रीतिहरू आजको दिनसम्मै चलाइराखेका छन्। उनीहरू न त परमप्रभुको उपासना गर्छन्, न उहाँका उर्दीहरू र विधिहरू, र उहाँका विधान र आज्ञाहरू पालन गर्छन्, जुन उहाँले याकूबका सन्तानहरूलाई दिनुभयो, जसको नाउँ उहाँले इस्राएल भनी राख्नुभएको थियो, सो पालन गर्छन्। जब परमप्रभुले इस्राएलीहरूसँग करार बाँध्नुभयो, तब उहाँले तिनीहरूलाई यो आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूको उपासना नगर्नू, अथवा तिनीहरूका सामु तिमीहरू ननिहुरनू, वा तिनीहरूको सेवा नगर्नू, वा तिनीहरूलाई बलिदान चढ़ाउनू। तर आफ्नो ठूलो शक्ति र पसारिएको पाखुराद्वारा तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने परमप्रभुको मात्र उपासना गर्नू। उहाँकै सामुन्ने तिमीहरू निहुरनू, उहाँलाई नै तिमीहरूले बलिदान चढ़ाउनू। तिमीहरूका निम्ति उहाँले लेख्नुभएका उर्दीहरू, विधिहरू, विधानहरू र आज्ञाहरू तिमीहरूले होशियारीसित निरन्तर पालन गर्नू। तिमीहरूले अरू देवताको उपासना नगर्नू। मैले तिमीहरूसित बाँधेको करारलाई नभुल्नू, र तिमीहरूले अरू देवताहरूको उपासना नगर्नू। बरु परमप्रभु तिमीहरूका परमेश्वरको मात्र उपासना गर्नू। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।” तापनि तिनीहरूले सुन्न मानेनन्, र आफ्ना अगाड़िका व्यवहारमा हिँड़िरहे।
२ राजाहरू 17:13-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले अगमवक्ता र सन्देश-वाहकहरू पठाएर इस्राएल र यहूदालाई यो चेतावनी दिनुभएको थियो, “तिम्रा दुष्ट चालहरू छोड र मेरा आज्ञा मान, ती आज्ञा मैले तिम्रा पुर्खाहरूलाई दिएँ र मेरा सेवक अगमवक्ताहरूद्वारा तिमीहरूलाई पनि दिएँ।” तर तिनीहरूले आज्ञापालन गरेनन् र परमप्रभु आफ्ना परमेश्वरमा भरोसा नराख्ने तिनीहरूका पुर्खाहरूझैँ हठी भए। तिनीहरूले उहाँका आदेश मान्न इन्कार गरे, उहाँले तिनीहरूका पुर्खाहरूसित बाँधेका करार पालन गरेनन् र उहाँका चेतावनीहरूलाई अनादर गरे। तिनीहरूले व्यर्थका देवताहरू पुजे र आफैं पनि व्यर्थका भए र परमप्रभुका आज्ञाको विरुद्धमा छिमेकीका जातिहरूका रीतिथितिहरू नक्कल गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरका सबै नियमहरू भङ्ग गरे र पुज्न धातुका दुई वटा साँढे बनाए। तिनीहरूले अशेरा देवीको एउटा मूर्ति बनाए, ताराहरू पुजे र बाल-देवताको सेवा गरे। तिनीहरूले आफ्ना छोरा-छोरीहरू देवतालाई होमबलि चढाए, ज्योतिषीहरू र मरेका आत्मा खेलाउनेसित जोखना हेराए र परमप्रभुको दृष्टिमा जे कुरा खराब थिए, ती गर्न लागिरहे। यसरी तिनीहरूले उहाँको क्रोध दन्काए। परमप्रभु इस्राएलीहरूसित रिसाउनुभयो र तिनीहरूलाई आफ्ना नजरबाट हटाउनुभयो। उहाँले यहूदा राज्य मात्र राखिछोड्नुभयो। तर यहूदाका मानिसहरूले पनि परमप्रभु आफ्ना परमेश्वरका नियमहरू पालन गरेनन्। इस्राएलीहरूले चलाएका रीतिथिति तिनीहरूले नकल गरे। सबै इस्राएलीहरूलाई दण्ड दिनुहुँदै र निष्ठुरी शत्रुहरूका हातमा छोडिदिनुभएर परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभयो र अन्तमा आफ्ना दृष्टिबाट हटाइदिनुभयो। परमप्रभुले इस्राएललाई यहूदाबाट अलग गर्नुभएपछि इस्राएलीहरूले नबातको छोरो यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले तिनीहरूलाई परमप्रभुबाट टाढा गराएर डरलाग्दा पाप गर्न लाए। तिनीहरू यारोबामका चालमा चले र तिनले गरेका सबै पाप गर्न लागे। अन्तमा परमप्रभुले जसरी उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो, त्यसरी नै तिनीहरूलाई आफ्ना नजरबाट टाढा गर्नुभयो। यसकारण इस्राएलका मानिसहरू कैदी भएर आफ्ना देशबाट अश्शूरमा लगिए। तिनीहरू आजसम्म त्यहीँ छन्। अश्शूरका राजाले कैदमा लगिएका इस्राएलीहरूका सट्टामा बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेम सहरबाट मानिसहरू लगेर सामरियाका सहरहरूमा बसाले। ती सहर तिनीहरूले अधीनमा लिए र त्यहाँ बसोबास गर्न लागे। तिनीहरू त्यहाँ पहिले बास गर्दा परमप्रभुलाई पुजेनन्, परमप्रभुले सिंहहरू पठाउनुभयो र कति जनालाई सिंहले मारे। राजाले सामरियाका सहरहरूमा बास गर्न पठाएका मानिसहरूले त्यस देशका देवताका नियम-कानुनहरू जान्दैनन्, त्यसैले ती देवताले सिंहहरू पठाउनुभएको थियो र सिंहले तिनीहरूलाई मार्दैछन् भनी अश्शूरका राजालाई खबर भयो। यसर्थ महाराजले आज्ञा गरे, “हामीले कैदी बनाएर ल्याएको एक जना पूजाहारीलाई फर्काइदेऊ, त्यसलाई त्यहीं बस्न लगाऊ र त्यसले त्यस देशमा देवताका नियम-कानुनहरू मानिसहरूलाई सिकाओस्।” यसरी सामरियाबाट कैदमा ल्याइएका एक जना इस्राएली पूजाहारी बेथेलमा गएर बस्न लागे र त्यहाँ तिनले कसरी परमप्रभुलाई पुज्ने, सो मानिसहरूलाई सिकाउन थाले। तर सामरियामा बसालिएका मानिसहरूले आ-आफ्ना देवताका मूर्तिहरू बनाइरहे र इस्राएलीहरूले बनाएका पूजा-स्थलहरूमा राखे। भिन्न-भिन्नै दलले आफू बसेका सहरमा आफ्नै देवताका मूर्तिहरू बनाए। बेबिलोनका मानिसहरूले सुक्कोत-बनोत देवताका मूर्तिहरू, कूताका मानिसहरूले नेर्गलका मूर्तिहरू, हमातका मानिसहरूले अशीमाका मूर्तिहरू, अव्वाका मानिसहरूले नेभज र तर्ताकका मूर्तिहरू र सपर्बेमका मानिसहरूले अद्रम्मलेक र अनम्मलेक देवताका मूर्तिहरू बनाए। सपर्बेमीहरूले आफ्ना छोरा-छोरीहरू आफ्ना देवतालाई होमबलि चढाउँथे। ती मानिसहरूले परमप्रभुलाई पनि पुज्थे र मूर्तिपूजा गर्नेहरूका पूजा-स्थलहरूमा पूजाहारी काम गर्न र बलि चढाउन पनि आफ्नै माझबाट सबै थरीका मानिसहरूलाई छान्दथे। यसरी तिनीहरूले परमप्रभुलाई पुज्दथे; तर आफू आएका देशका रीतिथितिहरूअनुसार आफ्नै देवताहरूलाई पनि पुज्दथे। तिनीहरूले आजसम्म आफ्ना पुराना रीतिथितिहरू चलाउँछन्। तिनीहरूले परमप्रभुलाई पुज्दैनन् न त उहाँले याकूब र उनका सन्तानलाई दिनुभएका नियम र आज्ञाहरू नै पालन गर्छन्, जसलाई उहाँले इस्राएल नाम दिनुभयो। परमप्रभुले तिनीहरूसित एउटा करार बाँध्नुभएर यस्तो आज्ञा दिनुभएको थियो, “तिमीहरूले अरू देवताहरू नपुज्नू, तिनीहरूलाई नढोग्नू, बलि नचढाउनू र तिनको सेवा नगर्नू। म परमप्रभुका आज्ञा तिमीहरूले पालन गर्नेछौ, मैले तिमीहरूलाई ठूलो बल र शक्तिले मिश्रबाट निकाली ल्याएको हुँ। तिमीहरूले मलाई ढोग्नेछौ र बलि चढाउनेछौ। सधैँ तिमीहरूले मैले लेखिदिएका नियम र आज्ञाहरू मान्नेछौ। अरू देवताहरूलाई तिमीहरूले पुज्नेछैनौ अनि मैले तिमीहरूसित बाँधेको करार बिर्सनेछैनौ। म परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञा मान्नेछौ र म तिम्रा शत्रुहरूबाट तिमीहरूलाई बचाउनेछु।” तर तिनीहरूले यी कुरा सुनेनन् र आफ्ना पुराना रीतिथितिहरू मानिरहे।

२ राजाहरू 17:13-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले इस्राएल र यहूदालाई आफ्ना सबै अगमवक्ताहरू र दर्शीहरूद्वारा यसो भनेर चेतावनी दिनुभयो: “तिमीहरू आफ्ना कुमार्गबाट फर्क। मैले तिमीहरूका पितापुर्खाहरूलाई सुम्पेका सम्पूर्ण व्यवस्थाअनुसार मेरा आज्ञाहरू र उर्दीहरू पालन गर्नू, जसलाई मैले आफ्ना सेवक र अगमवक्ताहरूद्वारा तिमीहरूकहाँ पुर्याएको छु।” तर तिनीहरूले यसलाई अवहेलना गरे, र याहवेह तिनीहरूका परमेश्वरमाथि भरोसा नराख्ने तिनीहरूका पितापुर्खाहरूझैँ हठी भए। उहाँले तिनीहरूलाई दिनुभएका उर्दी र करारलाई तिरस्कार गरे। तिनीहरू बेकामका मूर्तिहरूका पछि लागे, र आफैँ पनि बेकामका भए। याहवेहले तिनीहरूलाई आज्ञा दिनुभयो, “तिनीहरूले गरेझैँ नगर्नू”, तापनि तिनीहरूले आफ्ना चारैतिरका जातिहरूको अनुसरण गरे। तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरका सबै आज्ञाहरू त्यागे। आफ्नो लागि दुई वटा धातुका मूर्तिहरू, एउटा बाछाको रूपमा र अर्को अशेराको खाँबो बनाए। तिनीहरू आकाशका सारा तारामण्डलको अगि निहुरे। अनि तिनीहरूले बाललाई पुजे। तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाए। तिनीहरूले जोखना हेरे, तन्त्रमन्त्र गरे, र तिनीहरूले आफूलाई याहवेहको दृष्टिमा दुष्टता गर्नलाई बेचिदिए र उहाँलाई रिस उठाए। यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो, र तिनीहरूलाई आफ्नो उपस्थितिबाट हटाइदिनुभयो। केवल यहूदाको कुल बाँकी रह्यो। यहूदाले पनि याहवेह आफ्ना परमेश्वरका आज्ञाहरू पालन गरेनन्। तिनीहरूले इस्राएलले परिचित गराएका रीतिहरू पछ्याए। यसकारण याहवेहले इस्राएलका सबै मानिसहरूलाई त्यागिदिनुभयो। उहाँले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नफालेसम्म तिनीहरूलाई दुःख दिनुभयो, र लुटेराहरूका हातमा सुम्पिदिनुभयो। उहाँले इस्राएललाई दावीदको घरानाबाट अलग गर्नुभयो। अनि तिनीहरूले नबातका छोरा यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले इस्राएललाई याहवेहको पछि नलाग्नलाई उक्साए र तिनीहरूलाई ठूलो पाप गर्न लगाए। इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, तर तीबाट फर्केनन्। तब याहवेहले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो; जस्तो कि उहाँले आफ्ना सबै सेवक र अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो। यसकारण इस्राएलका सन्तान आफ्नो देशबाट निकालिए। अनि अश्शूरमा कैदमा लगिए, र तिनीहरू आजको दिनसम्म त्यहीँ छन्। अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याए। अनि तिनीहरूलाई इस्राएलीहरूको सट्टामा सामरियाका सहरहरूमा बसोबास गराए। तिनीहरूले सामरिया अधिकारमा लिए, र त्यसका सहरहरूमा बसे। तिनीहरू सुरुमा त्यहाँ बस्दा तिनीहरूले याहवेहलाई पुजेनन्; यसकारण उहाँले तिनीहरूकहाँ सिंहहरू पठाउनुभयो, र केही मानिसहरूलाई सिंहहरूले मारिदिए। अश्शूरका राजालाई यो खबर दिइयो: “तपाईंले ल्याएर सामरियाका सहरहरूमा बसोबास गर्न लगाउनुभएका मानिसहरूले त्यस ठाउँका देवताले के चाहन्छ, त्यो जान्दैनन्। उहाँले तिनीहरूका बीचमा सिंहहरू पठाउनुभएको छ, जसले तिनीहरूलाई मारिरहेका छन्। किनकि उहाँले के चाहनुहुन्छ, ती मानिसहरूले जान्दैनन्।” तब अश्शूरका राजाले यो हुकुम दिए: “तिमीहरूले सामरियाबाट कैद गरेर लगेका एक जना पुजारीलाई फर्काएर त्यहाँ लैजाओ। त्यसले त्यस ठाउँका देवताले के चाहन्छन्, त्यो सिकाओस्।” यसकारण त्यहाँबाट निकालिएका एक जना पुजारी बेथेलमा बस्न आए। अनि तिनीहरूलाई कसरी याहवेहको आराधना गर्ने, त्यो कुरा सिकाए। तरै पनि प्रत्येक जातीय दलले आफू बसेका धेरै सहरहरूमा आ-आफ्नै देवता बनाए। सामरियाका मानिसहरूले अग्ला ठाउँहरूमा बनाएका पुज्ने देवस्थानहरू खडा गर्यो। बेबिलोनका मानिसहरूले सुक्कोत-बनोत, कूतका मानिसहरूले नेर्गल र हमातका मानिसहरूले अशीमा बनाए। अव्वीहरूले नेभज र तर्ताक बनाए। सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई आगोमा बलिदान चढाउँथे। तिनीहरूले याहवेहको आराधना गरे; तर अल्गा देवस्थानहरूका लागि पुजारी काम गर्नलाई आफ्नै जातिबाट मानिसहरू नियुक्त गरे। तिनीहरूले याहवेहको आराधना गरे। तर तिनीहरूले आफूलाई ल्याइएका देशहरूका रीतिअनुसार आफ्नै देवताहरूको पनि सेवा गरे। आजको दिनसम्म नै तिनीहरू आफ्नै रीतिअनुसार चल्छन्। तिनीहरूले न त याहवेहको आराधना गर्छन्; न त इस्राएल नाम दिनुभएको याकोबका सन्तानलाई उहाँले दिनुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरूमा नै पालना गर्छन्। याहवेहले इस्राएलीहरूसित करार बाँध्नुहुँदा उहाँले तिनीहरूलाई यसो भनेर आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूलाई नपुज्नू; तिनीहरू सामु ननिहुरनू, तिनीहरूको सेवा नगर्नू, न त तिनीहरूकहाँ बलिदान नै चढाउनू। तर तिमीहरूले झुक्नुपर्ने याहवेह उहाँ हुनुहुन्छ, जसले तिमीहरूलाई इजिप्टबाट आफ्नो महान् शक्ति र पसारिएका बाहुलीद्वारा निकालेर ल्याउनुभयो। उहाँकै अगि तिमीहरू निहुरनू; उहाँलाई नै बलिदान चढाउनू। उहाँले तिमीहरूका निम्ति लेख्नुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरू होसियारीसाथ पालन गर्नू। अरू देवताहरू नपुज्नू। मैले तिमीहरूसित बाँधेको करार नभुल्नू र अरू देवताहरू नपुज्नू। बरु याहवेह तिमीहरूका परमेश्वरको आराधना गर्नु। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटाउनुहुनेछ।” तापनि तिनीहरूले सुन्न चाहेनन्। तर तिनीहरू आफ्नै पहिलेका रीतिहरूमा चलिरहे।
२ राजाहरू 17:13-40 पवित्र बाइबल (NERV)
परमप्रभुले प्रत्येक अगमवक्ता र दर्शीलाई प्रयोग गरेर इस्राएल र यहूदालाई चेताउनी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक अगमवक्ताहरूलाई काममा लगाएँ।” तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन् मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसँग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफैं पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो। मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुशरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे। तिनीहरूले आफ्ना छोरा छोरीहरू आगोमा बलि दिए। तिनीहरूले भविष्यको जानकारी प्राप्तका लागि तंत्र-मंत्र जादू-प्रेत, विद्याको प्रयोग गरे। तिनीहरूले त्यस्तो काम गर्नका लागि आफूलाई बेचे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। तिनीले यस्तो काम परमप्रभुको रीस जगाउनका लागि गरे। यस कारण परमप्रभु इस्राएलमाथि साह्रै रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इस्राएली रहेको थिएन। तर यहूदाका मानिसहरूले आफ्ना परमप्रभुको आदेश पालन गरेनन्। यहूदाका मानिसहरूले इस्राएलका मानिसहरू जस्तै जीवन यापन गरे। परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै सङ्कटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो। परमप्रभुले इस्राएललाई दाऊदको परिवारबाट छुट्ट्याउनुभयो अनि इस्राएलीहरूले नाबातका छोरा योरोवामलाई आफ्नो राजा बनाए। यारोवामले इस्राएलीहरूलाई परमप्रभुको अनुशरण गर्न नदिएर टाढ राखे यारोवामले इस्राएलीहरूलाई ठुलो पाप गर्न लगाए। यस प्रकार इस्राएलीहरूले सबै पाप कामहरू अनुशरण गरे जो यारोबामले गरे। तिनीहरूले ती पाप कामहरू परमप्रभुले इस्राएललाई नजरबाट पर नगरून्जेल सम्म बन्द गरेनन्। अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्। अश्शूरका राजाले इस्राएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अश्शूरका राजाले बाबेल कूता, अब्बा, हमात र सपर्वेमबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले। जब ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे। केही मानिसहरूले अश्शूका राजालाई भने, “ती मानिसहरू जसलाई तिमीले लग्यौ अनि सामरियाका शहरहरूमा बस्न लगायौ। त्यस देशका देवताको नियमहरू जान्दैनन्। यसकारण देवताले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाए। सिंहहरूले ती मानिसहरूलाई मारे किन भने तिनीहरू त्यस देशका देवताको नियम जान्दैन थिए।” यसकारण अश्शूरका राजाले यस्तो आदेश दिएः “तिमीले सामरियाबाट केही पूजाहारी ल्याउ। ती पूजाहारीहरूमध्ये एक जनालाई पठाऊ जसलाई बन्दी बनाएर सामरिया लगेको थिए। त्यो पूजाहारी जाओस् अनि त्यहीं बसोस। तर त्यस पूजाहारीले मानिसहरूलाई त्यस देशको देवताको नियम पढाउन सक्नेछन्।” यसकारण पूजाहारीहरूमध्ये एक जना जसलाई अश्शूरीहरूले सामरियाबाट ल्याएका थिए, उनी बेतेलमा बस्न आए। यस पूजाहारीले मानिसहरूलाई कसरी तिनीहरूले परमप्रभुको सम्मान गर्नुपर्छ बताए। तर ती सबै मानिसहरूले आ-आफ्नो देवताहरू बनाए अनि अग्लो ठाउँहरूमा भएका मन्दिरहरूमा तिनीहरूलाई स्थापित गरे जो सामरीहरूले बनाएका थिए। ती मानिसहरूलाई यस्तै गरे जहाँ-जहाँ तिनीहरू बस्थे। बाबेलका मानिसहरूले झूटा देवता सुक्कोत-बनोत बनाए। कूतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए। अब्बाका मानिसहरूले झूटा देवता नेभज र तर्ताक बनाए अनि सपर्वेका मानिसहरूले आफ्ना झूटा देवताहरूको सम्मान गर्नका लागि आफ्ना नानीहरू आगोमा जलाए। झूटा देवताहरू अद्रमेलेक र अनमेलेक थिए। तर ती मानिसहरूले परमप्रभुको पनि आराधना गरे। तिनीहरूले मानिसहरूबाट अग्ला पूजा स्थलका लागि पूजाहारीहरू रोजे। ती पूजाहारीहरूले ती पूजा स्थलहरूमा मन्दिरभित्र मानिसहरूका लागि बलि दिए। तिनीहरूले परमप्रभुको आदर गरे तर तिनीहरूले आफ्ना देवताहरूको पनि सेवा गरे। ती मानिसहरू आफ्ना देवताहरूको सेवा त्यसरी नै गर्दथे जसरी तिनीहरू ती देशमा गर्दथे जहाँबाट तिनीहरूलाई ल्याइयो। आजसम्म ती मानिसहरू त्यसरी बस्छन् जसरी तिनीहरू अतीतमा बसेका थिए। तिनीहरूले परमप्रभुको डर मान्छन् नत भक्ति नै गर्छन्। तिनीहरूले नियमको, निर्देशन, व्यवस्था अथवा आदेशहरू जुन परमप्रभुले याकूबको सन्तानहरूलाई दिएको थियो पालन गर्देनन्। परमप्रभुले इस्राएलका मानिसहरूसँग एउटा करार गर्नुभयो। परमप्रभुले तिनीहरूलाई आदेश दिनुभयो, “तिमीहरूले अरू देवताहरूको आदर नगर। तिमीहरूले तिनीहरूको पूजा गर्नु हुँदैन, सेवा गर्नु हुँदैन अथवा बलि चढाउनु हुँदैन। तर तिमीहरूले परमप्रभुको अनुशरण गर्नु पर्छ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ जसले तिमीलाई मिश्रबाट बाहिर ल्याउनुभयो। परमप्रभुले तिमीलाई बचाउनका लागि आफ्नो महाशक्ति प्रयोग गर्नुभयो। तिमीले परमप्रभुको आराधना गर्नुपर्छ अनि उहाँका लागि बलि चढाउनु पर्छ। तिमीले विधिहरू, नियमहरू, उपदेशहरू तथा आदेश पालन गर्नु पर्छ जो उहाँले तिम्रो निम्ति लेख्नुभएको थियो। तिमीले यी कुराहरू सधैँ हर समय पालन गर्नु पर्छ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन। तिमीले त्यो करार बिर्सिनु हुँदैन जो मैले तिमीहरूसित गरेको थिएँ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन। तिमीले परमप्रभु तिनीहरूको परमेश्वरको मात्र डर मान्नु पर्छ अनि आदर गर्नुपर्छ। तब उहाँले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट बचाउनु हुनेछ।” तर इस्राएलीहरूले सुनेनन्। तिनीहरू त्यही कामहरू गरिनैरहे जस्तो पहिला गर्दथे।