२ राजाहरू 17:1-3
२ राजाहरू 17:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाका राजा आहाजको बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलका राजा भए, र तिनले नौ वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, तर तिनका अघिका इस्राएलका राजाहरूले गरेजस्तै त होइन। अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गर्न आए। होशियाले उनका अधीनमा भएर उनलाई कर तिरेका थिए।
२ राजाहरू 17:1-3 पवित्र बाइबल (NERV)
एलाका छोरा होशेले सामरियामा इस्राएलमाथि शासन शुरू गरे। यो समय यहूदाका राजा आहाजको शासनकालको 12 औं बर्ष थियो। होशेले नौं बर्ष शासन गरे। होशेले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। तर होशे अघि शासन गर्ने इस्राएलका राजाहरू जस्तो खराब थिएनन्। अश्शूरका राजा शलमनेसेर होशेको विरोधमा युद्ध गर्न आए। शलमनेसेरले होशेलाई पराजित गरे अनि होशे उनको सेवक भए। यस प्रकार होशेले शलमनेसेरलाई कर तिर्न थाले।
२ राजाहरू 17:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदाका राजा आहाजले बाह्र वर्ष राज्य गरेपछि एलाहको छोरो होशिया इस्राएलका राजा भए र उनले सामरियामा नौ वर्ष राज्य गरे। उनले परमप्रभुको विरुद्धमा पाप गरे तर उनीभन्दा अघिका इस्राएलका राजाहरूले गरेजति त गरेनन्। अश्शूरका राजा शलमनेशेरले तिनीसित लडाइँ गरे। होशियाले शलमनेशेरको सामुन्ने समर्पण गरे र वर्षेनी उनलाई कर तिर्ने गरे।