२ राजाहरू 13:10-11
२ राजाहरू 13:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाका राजा योआशको सैँतीसौँ वर्षमा यहोआहाजका छोरा येहोआश सामरियामा इस्राएलका राजा भए, र तिनले सोह्र वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, र इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका कुनै पनि पापहरू तिनले त्यागेनन्। तिनी तिनमा नै लागिरहे।
शेयर गर्नुहोस्
२ राजाहरू 13 पढ्नुहोस्२ राजाहरू 13:10-11 पवित्र बाइबल (NERV)
योआहाजका छोरा योआश सामरियामा इस्राएलका राजा भए। यो यहूदाका राजा योआशको सैंतीसौं बर्ष शासन गरेको समय थियो। योआशले इस्राएलमा सोह्र बर्ष शासन गरे। इस्राएलका राजा योआशले ती कार्यहरू नै गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो।
शेयर गर्नुहोस्
२ राजाहरू 13 पढ्नुहोस्२ राजाहरू 13:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदाका राजा योआशका राज्यकालको सैंतीसौं वर्षमा यहोआहाजका छोरा येहोआश इस्राएलका राजा भए र तिनले सोह्र वर्ष सामरियामा राज्य गरे। तिनले पनि परमप्रभुको विरुद्धमा पाप गरे अनि इस्राएललाई पाप गर्न लाउने यारोबाम राजाको दुष्ट चालमा चले।
शेयर गर्नुहोस्
२ राजाहरू 13 पढ्नुहोस्