२ कोरिन्थी 8:8-9
२ कोरिन्थी 8:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ। किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।
२ कोरिन्थी 8:8-9 नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई आज्ञा त दिन्नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु। किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ, कि उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो; ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।
२ कोरिन्थी 8:8-9 पवित्र बाइबल (NERV)
मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।
२ कोरिन्थी 8:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो मैले तिमीहरूलाई नियम बनाइदिएको होइनँ, तर अरूहरूले मद्दत गर्न कति इच्छुक छन्, यहाँ बताएर तिमीहरूको प्रेम साँचो हो कि होइन, म पत्ता लाउन चाहन्छु। हाम्रा प्रभु येशू ख्रीष्टले गर्नुभएको अनुग्रह तिमीहरूलाई थाहै छ। उहाँ धनीभन्दा धनी भएर पनि तिमीहरूका लागि गरीब हुनुभयो। आफ्नै गरीबीले तिमीहरूलाई धनी बनाउन उहाँले यसो गर्नुभयो।