YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 6:14-17

२ कोरिन्थी 6:14-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अविश्‍वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्‍छ? अथवा अँध्‍यारोसँग उज्‍यालोको के सहभागिता? ख्रीष्‍टको बेलिआलसँग के सरोकार? वा विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के समानता? मूर्तिहरूसँग परमेश्‍वरको मन्‍दिरको के सम्‍झौता? किनभने हामी जीवित परमेश्‍वरका मन्‍दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्‌डुल गर्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌” “यसकारण तिनीहरूका बीचबाट निस्‍केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍नुहुन्‍छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।

शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्

२ कोरिन्थी 6:14-17 नेपाली समकालीन संस्करण (NCV)

अविश्‍वासीहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्‍टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र? ख्रीष्‍ट र शैतानको के मेल हुन्छ र? एकजना विश्‍वासी अनि अविश्‍वासीमा के समानता हुन्छ र? परमेश्‍वरको मन्दिर र मूर्तिको के मेल हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौं। जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूसँग बस्‍नेछु, अनि तिनीहरूसित हिँड्‍डुल गर्नेछु, अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।” यसकारण “तिनीहरूका बीचबाट निस्किआओ, अनि अलग होओ, प्रभु भन्‍नुहुन्छ। अशुद्ध थोक नछोओ, अनि म तिमीहरूलाई ग्रहण गर्नेछु।”

शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्

२ कोरिन्थी 6:14-17 पवित्र बाइबल (NERV)

अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन। ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ? परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ, “म तिनीहरूसित बस्छु, तिनीहरूसितै हिँड्छु, म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।” “यसैले ती मानिसहरूबाट निस्केर आऊ, आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही असुद्ध कुराहरू नछोऊ, र म तिमीरूलाई स्वीकार गर्नेछु।”

शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्

२ कोरिन्थी 6:14-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ख्रीष्‍टमा विश्‍वास नगर्नेहरूसँग काँधमा काँध लाएर काम नगर। ठीक र बेठीक कसरी मिल्‍न सक्‍छ? अध्‍याँरो र उज्‍यालो एकै ठाउँमा रहनैसक्‍दैन। ख्रीष्‍ट र शैतानका कुरा कसरी मिल्‍छ र? विश्‍वास गर्ने र विश्‍वास नगर्नेहरूका पनि कुरै मिल्‍दैन। परमेश्‍वरको मन्‍दिरसँग मूर्तिको के सम्‍बन्‍ध छ? हामीहरू त जिउँदा परमेश्‍वरकै मन्‍दिर हौं। परमेश्‍वर आफैंले पनि भन्‍नुभएको छ, “म आफ्‍ना भक्तहरूसँग बास गर्नेछु र तिनीहरूसँगै हिंड्डुल गर्नेछु। म तिनीहरूकै परमेश्‍वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्।” यसकारण परमप्रभु आफैं भन्‍नुहुन्‍छ, “तिमीहरूले तिनीहरूलाई छोडिदेओ र तिनीहरूबाट छुट्टिएर बस। सबै अशुद्ध थोक नछोओ। त्‍यसो भए तिमीहरूलाई म आफ्‍नो बनाउनेछु,”

शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्