YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 3:1-18

२ कोरिन्थी 3:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

के फेरि हामी आफ्‍नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र? तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्‍न र पढ्‌न सक्‍ने गरी तिमीहरूका हृदयमा लेखिएको छ। तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्‍टका पत्र हौ, अर्थात्‌ हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्‍माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा। ख्रीष्‍टद्वारा परमेश्‍वरप्रति हाम्रो यस्‍तो भरोसा छ। कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्‍य छैनौं, तर हाम्रो योग्‍यता परमेश्‍वरबाट आउँछ। नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्‍यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्‍मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्‍माले जीवन दिनुहुन्‍छ। तर मृत्‍यु ल्‍याउने व्‍यवस्‍थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्‍यो व्‍यवस्‍था यस्‍तो महिमामय भएर आयो, कि त्‍यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्‍यो तेज हराउँदै जाँदैथियो। पवित्र आत्‍माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला? किनभने दोषी ठहराउने व्‍यवस्‍था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्‍यादै बढ़ी महिमामय हुन्‍छ। किनभने जो एक पल्‍ट महिमामय थियो, अहिले त्‍यसलाई उछिन्‍ने महिमाले गर्दा अब त्‍यो महिमामय रहेन। किनकि जो बितेर गयो त्‍यो महिमासाथ आएको थियो भने, स्‍थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ। यसकारण हाम्रो यस्‍तो आशा भएकोले हामी अत्‍यन्‍तै साहसी भएका छौं। हामी मोशाजस्‍तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्‍तिम झलक इस्राएलीहरूले नदेखून्‌ भनेर आफ्‍नो अनुहारमा घुम्‍टो हाल्‍ने गर्थे। तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्‍मै पुरानो करार पढ्‌दा त्‍यो घुम्‍टो रहिरहन्‍छ, जुन घुम्‍टो ख्रीष्‍टद्वारा मात्र हटाइन्‍छ। हो, आजसम्‍म पनि मोशाको पुस्‍तक पढ्‌दा तिनीहरूका हृदयमा घुम्‍टो हालिएको हुन्‍छ, तर जब मानिस प्रभुपट्टि फर्कन्‍छ, त्‍यो घुम्‍टो हटाइन्‍छ। अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ। हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौँ? अथवा अरू मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरू लैजान आवश्यकता छ? तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ; जुन हाम्रा हृदयहरूमा लेखिएको छ, र सबै मानिसहरूद्वारा चिनिन्छ र पढिन्छ। तिमीहरूले नै यो देखाउँदछौ, तिमीहरू ख्रीष्‍टका पत्र हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्माले लेखिएको हो, ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएको छ। परमेश्‍वरमा ख्रीष्‍टद्वारा हाम्रो यस्तो भरोसा छ। आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ। उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ। तर ढुङ्गाहरूमा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो र त्यो महिमासाथ आयो; अनि त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार हेर्न सकेनन्। यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने, के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र? मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय हुन्छ! तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन। किनकि यदि बितेर जाने महिमापूर्ण छ भने सधैँ रहिरहनेचाहिँ झन् बढ्ता महिमापूर्ण होला! यसकारण हामीसित यस्तो आशा भएको हुनाले अत्यन्त साहसी भएका छौँ। हामी मोशाजस्ता होइनौँ, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे। तर इस्राएलीहरूको मन मन्द बनाइएको थियो; किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यही घुम्टोले ढाकिरहेकै छ। यो हटाइएकै छैन; किनकि ख्रीष्‍टमा मात्र यो हटाइन्छ। आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई घुम्टोले ढाकेको हुन्छ। तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ। अब प्रभु आत्मा हुनुहुन्छ; र जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:1-18 पवित्र बाइबल (NERV)

फेरि के हामी हाम्रै विषयमा गर्व गर्छौं? अरूहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ? तिमीहरू नै हाम्रो परिचय पत्र हौ। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्। यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुङ्गाका पाटीहरूमा लेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ। हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अघि हामी ढुक्क छौं। हामी भन्दैनौं कि कुनै पनि काम आफैं राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ। (परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योगय बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ। मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो। पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ। त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ। त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो। हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्। तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझ्न सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढ्छन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ। तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ। तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ। प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामीले फेरि आफ्‍नै गुणगान गाउन लागेका होइनौं। अरू कति मानिसहरूले तिमीहरूकहाँ यसैको सिफारिस गरिदिएको पत्र लिएर आउने गरेझैँ हामीले तिमीहरूलाई र तिमीहरूले हामीलाई सिफारिस गर्नुपर्ने खाँचो छैन। सबैले बुझ्‍न र पढ्‍न सक्‍ने तिमीहरू नै हाम्रा हृदयमा लेखिएका हाम्रो सिफारिस पत्रहरू हौ। साँच्‍चै तिमीहरू ख्रीष्‍टले लेखेका पत्र हौ र पत्र पुर्‍याउने हामी नै हौं। ढुङ्गाको पाटीमा वा मसीले लेखिएको पत्र होइन तर जिउँदो परमेश्‍वरकै आत्‍माले हृदयमा लेखिएको पत्र हो। ख्रीष्‍टको दयाले मुक्ति दिएकोले हामी परमेश्‍वरमा भरोसा राखेर यस्‍तो कुरा भन्‍छौं। यो काम गर्न सक्‍ने खुबी हामीमा छ भन्‍ने हाम्रो बाटै छैन। हामीले काम गर्ने शक्ति त परमेश्‍वरबाट नै मिलेको हो। उहाँले एउटा नयाँ करार जोड्‍नुभयो र हामीलाई यस करारमा काम गर्न लायकका सेवकहरू पनि बनाउनुभयो। योचाहिँ पवित्र आत्‍माको करार हो, व्यवस्थाले जोडेको करार होइन। व्यवस्थाले मृत्‍यु ल्‍याउँछ, तर पवित्र आत्‍माले त जीवन दिनुहुन्‍छ। ढुङ्गाको पाटीमा व्यवस्था खोपेर दिएको बेलामा परमेश्‍वरको ठूलो तेज देखा पर्‍यो। त्‍यही तेज मोशाको चेहरामा परेको थियो। पछि धेरै बढेर जाँदा इस्राएलका मानिसहरूले उनलाई सीधा हेर्न पनि सकेनन्। मृत्‍यु ल्‍याउने व्यवस्था पाउँदा त यस्‍तो चमक थियो भने पवित्र आत्‍माले ल्‍याउने सेवाको चमक झन् कति तेजिलो होला। मानिसलाई दोषी ठहराउने काम त त्‍यति धेरै चहकिलो थियो भने झन् मानिसलाई नै निर्दोष ठहराउने काम कति धेरै चहकिलो होला? यो ज्‍यादै उज्‍यालो चमकले गर्दा पहिलेको त्‍यो चमक त्‍यसै बिलाएर गयो। एक छिन रहनेमा त यस्‍तो चमक थियो भने झन् सधैँभरि रहिरहनेमा कति धेरै चमक रहला? यसरी हामीमा यो आशा भएकोले हामी ज्‍यादै साहसी भएका छौं। हामी त मोशाजस्‍ता होइनौं, जसले आफ्‍नो अनुहारबाट घट्दैगएको चमकको अन्‍त्‍य इस्राएलीहरूले नदेखून् भनी आफ्‍नो मुखमा घुम्‍टो हालेका थिए। तिनीहरूको मन त्‍यस बेला ढाकिएको थियो। आजसम्‍म पनि पुरानो करारमा भएको व्यवस्था पढ्दा तिनीहरूको मन घुम्‍टोले ढाकिएको हुन्‍छ। त्‍यो घुम्‍टो ख्रीष्‍टद्वारा मात्र हटाउन सकिन्‍छ। साँच्‍चै मोशाको व्यवस्था पढ्दा अझै पनि घुम्‍टोले तिनीहरूको मन ढाकिएको हुन्‍छ। तर धर्मशास्‍त्रमा भनेझैँ प्रभुतिर फर्कनासाथ घुम्‍टो उघारिन्‍छ किनभने प्रभु आत्‍मा हुनुहुन्‍छ। प्रभुका आत्‍मा भएको ठाउँमा स्‍वतन्‍त्रता हुन्‍छ। हामी सबैले खुल्‍ला चेहरामा प्रभुको चमक देखाउँदछौं। प्रभु आत्‍मा हुनुहुन्‍छ र उहाँबाट आउने त्‍यही चमकले हामीलाई उहाँजस्‍तै बनाउँदै अझ चहकिलो रूपतिर लैजान्‍छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्