२ कोरिन्थी 2:12-14
२ कोरिन्थी 2:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो, तर मेरो भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे। तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ, र उहाँको ज्ञानको सुबास्ना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ।
२ कोरिन्थी 2:12-14 नेपाली समकालीन संस्करण (NCV)
जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआस गएँ, त्यहाँ मेरो लागि प्रभुले एउटा ढोका खोलिदिनुभएको भेट्टाएँ। मैले मेरा भाइ तीतसलाई त्यहाँ नपाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ। तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्टको विजयको यात्रामा डोर्याउनुहुन्छ, अनि हामीद्वारा नै उहाँको ज्ञानको सुवास्ना चारैतिर फिँजाउनुहुन्छ।
२ कोरिन्थी 2:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्रोआसमा म ख्रीष्टको बारेमा सुसमाचार सुनाउन आउँदा प्रभुले नै मलाई उहाँको काम गर्ने मौका दिनुभयो। तर त्यहाँ मेरो भाइ तीतसलाई नभेट्दा मलाई ठूलो पीर पर्यो र तिनीहरूबाट बिदा भएर म माकेडोनियातिर गएँ। परमेश्वरलाई धन्यवाद होस् किनभने उहाँले सधैँ हामीलाई ख्रीष्टसँगै जितको यात्रामा डोर्याउनुहुन्छ। मीठो बास्नाझैँ चारैतिर ख्रीष्टको ज्ञान फैलाउन उहाँले हामीलाई काममा लाउनुहुन्छ
२ कोरिन्थी 2:12-14 पवित्र बाइबल (NERV)
ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो। तर मैले मनमा शान्ति पाइनँ, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेट्टाईनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तर्फ लागें। तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सधैँ ख्रीष्टद्वारा विजयतर्फ डोर्याउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ।