YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 12:6-10

२ कोरिन्थी 12:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यदि मैले गर्व गर्ने इच्‍छा नै गरे भने पनि म मूर्ख बन्‍नेछैनँ, किनकि म सत्‍य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्‍दा बढ़ी कसैले मलाई नठानोस्‌ भनेर म गर्व गर्नदेखि थामिन्‍छु। तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढ़ो मेरो शरीरमा दिइयो। यो मबाट हटोस्‌ भनेर मैले तीन पल्‍ट प्रभुसित बिन्‍ती गरें। तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:6-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यदि मैले गर्व गर्न खोजेँ भने पनि म मूर्ख हुँदिनँ; किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढी मलाई नठानोस् भनी म गर्व गर्नदेखि रोकिन्छु। यी प्रशस्त प्रकाशहरूको कारण घमण्डले फुलिनबाट अलग राख्न र दुःख दिनलाई मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दिइएको थियो। यो मबाट हटोस् भनी मैले प्रभुसित तीन पल्ट बिन्ती गरेँ। तर उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।” यसकारण ख्रीष्‍टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु। यसकारण ख्रीष्‍टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्‍टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:6-10 पवित्र बाइबल (NERV)

यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सक्तैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व गर्दिनँ। किनकि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस्। मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म गर्वित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो। यस समस्याबाट बाँच्नलाई मैले प्रभुसित तीन पटक बिन्ती गरें। तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ। यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्वलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अप्ठेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्वल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मैले घमण्‍डै गर्न रुचाउँदा पनि म मूर्खचाहिँ छैन किनभने म त सत्‍य कुरा बोल्‍दछु। मलाई कसैले गरेको वा भनेको भन्दा ठूलो सम्‍झिदेओस् भन्‍ने म चाहन्‍नँ। मैले धेरै अचम्‍मका थोकहरू देखें भनी घमण्‍डले फुलिनबाट रोक्‍न मलाई शरीरमा काँडाले घोच्‍ने एउटा पीडा दिइयो। यसले शैतानको दूतझैँ भएर चस-चस बिझाई मलाई घमण्‍ड गर्नबाट रोक्‍छ। मैले प्रभुसँग तीन पटकसम्‍म यसलाई निको पारिदिनुहोस् भनेर बिन्‍ती चढाएँ। तर उहाँले भन्‍नुभयो, “तिमीलाई मेरो अनुग्रह भए पुग्‍छ। मेरो शक्ति कमजोरीमा पूरा हुन्‍छ।” त्‍यसो हुँदा ख्रीष्‍टको शक्ति ममा रहोस् भनेर कमजोर भएकोमा झन् धेरै खुसीले म घमण्‍ड गर्दछु। त्‍यसैले ख्रीष्‍टको लागि म कमजोरी हुँदा, हेला गरिंदा, अप्‍ठ्यारोमा पर्दा, सताइँदा, दु:ख पाउँदा खुसी हुन्‍छु किनभने जब म कमजोर छु, तब म शक्तिशाली हुन्‍छु।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्