२ कोरिन्थी 12:2-4
२ कोरिन्थी 12:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्टमा विश्वास गर्ने एक जना मानिसलाई म चिन्छु, जो चौध वर्षअगि तेस्रो स्वर्गमा उठाइ लगिए। शरीरमै लगियो कि शरीरविना नै, त्यो त म जान्दिनँ; तर परमेश्वर नै जान्नुहुन्छ। अनि म त्यस मानिसलाई चिन्छु। शरीरमा कि शरीरविना, त्यो म जान्दिनँ; तर परमेश्वर जान्नुहुन्छ। तिनी स्वर्गलोकमा उठाइएर लगिए। तिनले वर्णन गर्न नसकिने कुराहरू सुने, जुन कुराको उच्चारण गर्ने कसैलाई पनि अनुमति छैन।
२ कोरिन्थी 12:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्टमा म एक जना मानिसलाई चिन्दछु, जो चौध वर्षअघि तेस्रो स्वर्गसम्म उचालिलगियो। ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्दिनँ, परमेश्वर जान्नुहुन्छ। म यस मानिसलाई चिन्दछु, शरीरमा हो कि विनाशरीरमा, त्यो मलाई थाहा छैन, तर त्यो मानिस स्वर्गलोकमा उचालिलगियो, यो कुरा परमेश्वर जान्नुहुन्छ। र त्यहाँ बताउनु नहुने कुराहरू उसले सुन्यो, जुनचाहिँ मानिसले उच्चारणसम्म पनि गर्नुहुँदैन।
२ कोरिन्थी 12:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्टमा विश्वास गर्ने एक जना मानिसलाई म चिन्छु, जो चौध वर्षअगि तेस्रो स्वर्गमा उठाइ लगिए। शरीरमै लगियो कि शरीरविना नै, त्यो त म जान्दिनँ; तर परमेश्वर नै जान्नुहुन्छ। अनि म त्यस मानिसलाई चिन्छु। शरीरमा कि शरीरविना, त्यो म जान्दिनँ; तर परमेश्वर जान्नुहुन्छ। तिनी स्वर्गलोकमा उठाइएर लगिए। तिनले वर्णन गर्न नसकिने कुराहरू सुने, जुन कुराको उच्चारण गर्ने कसैलाई पनि अनुमति छैन।
२ कोरिन्थी 12:2-4 पवित्र बाइबल (NERV)
म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौध र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ। म यति नै जान्दछु त्यस मानिसलाई स्वर्गमा लगियो शरीरसितै अथवा शरीर बिना, म जान्दिनँ। तर उसले त्यहाँ जुन कुरा सुन्यो त्यो शब्दमा वर्णन गर्न सकिँदैन। उसले जे सुन्यो त्यो बताउनु कुनै मनुष्यलाई अनुमति छैन।
२ कोरिन्थी 12:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चौध वर्षअघिको कुरो हो, एक जना ख्रीष्टमा विश्वास गर्ने मानिस तेस्रो स्वर्गसम्मै समातेर लगियो। उनलाई म चिन्दछु। यो पक्कै भएको हो वा दर्शन देखेको हो, म जान्दिनँ, परमेश्वर नै जान्नुहुन्छ। म फेरि भन्छु, समातेर स्वर्गसम्मै लगिएका ती मानिसलाई म चिन्दछु। तर यो साँच्चै भएको हो वा दर्शनमा भएको हो म जान्दिनँ, परमेश्वर नै जान्नुहुन्छ। उनले बयान गर्न नसकिने कुराहरू सुने। मान्छेको मुखले बताउनै नसक्ने कुराहरू त्यहाँ सुनियो।