YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 12:1-6

२ कोरिन्थी 12:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मैले गर्व गर्नैपर्छ। तर यसबाट लाभ केही नभए तापनि, प्रभुबाट पाएका दर्शनहरू र प्रकाशहरूका कुरा म गरिरहेछु। ख्रीष्‍टमा म एक जना मानिसलाई चिन्‍दछु, जो चौध वर्षअघि तेस्रो स्‍वर्गसम्‍म उचालिलगियो। ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्‍दिनँ, परमेश्‍वर जान्‍नुहुन्‍छ। म यस मानिसलाई चिन्‍दछु, शरीरमा हो कि विनाशरीरमा, त्‍यो मलाई थाहा छैन, तर त्‍यो मानिस स्‍वर्गलोकमा उचालिलगियो, यो कुरा परमेश्‍वर जान्‍नुहुन्‍छ। र त्‍यहाँ बताउनु नहुने कुराहरू उसले सुन्‍यो, जुनचाहिँ मानिसले उच्‍चारणसम्‍म पनि गर्नुहुँदैन। यस मानिसको पक्षमा म गर्व गर्नेछु, तर आफ्‍नै पक्षमा भने मेरो कमजोरीबाहेक अरू कुरामा म गर्व गर्नेछैनँ। यदि मैले गर्व गर्ने इच्‍छा नै गरे भने पनि म मूर्ख बन्‍नेछैनँ, किनकि म सत्‍य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्‍दा बढ़ी कसैले मलाई नठानोस्‌ भनेर म गर्व गर्नदेखि थामिन्‍छु।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

गर्व गर्नु मेरा निम्ति केही फाइदा नभए तापनि मैले प्रभुबाट पाएको दर्शन र प्रकाशहरूको कुरा गरिरहनेछु। ख्रीष्‍टमा विश्‍वास गर्ने एक जना मानिसलाई म चिन्छु, जो चौध वर्षअगि तेस्रो स्वर्गमा उठाइ लगिए। शरीरमै लगियो कि शरीरविना नै, त्यो त म जान्दिनँ; तर परमेश्‍वर नै जान्‍नुहुन्छ। अनि म त्यस मानिसलाई चिन्छु। शरीरमा कि शरीरविना, त्यो म जान्दिनँ; तर परमेश्‍वर जान्‍नुहुन्छ। तिनी स्वर्गलोकमा उठाइएर लगिए। तिनले वर्णन गर्न नसकिने कुराहरू सुने, जुन कुराको उच्‍चारण गर्ने कसैलाई पनि अनुमति छैन। म त्यस्ता मानिसको बारेमा गर्व गर्नेछु, तर म आफ्नो कमजोरीबाहेक अरू कुरामा गर्व गर्दिनँ। यदि मैले गर्व गर्न खोजेँ भने पनि म मूर्ख हुँदिनँ; किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढी मलाई नठानोस् भनी म गर्व गर्नदेखि रोकिन्छु।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:1-6 पवित्र बाइबल (NERV)

अब मैले गर्व गर्नै पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु। म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौध र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ। म यति नै जान्दछु त्यस मानिसलाई स्वर्गमा लगियो शरीरसितै अथवा शरीर बिना, म जान्दिनँ। तर उसले त्यहाँ जुन कुरा सुन्यो त्यो शब्दमा वर्णन गर्न सकिँदैन। उसले जे सुन्यो त्यो बताउनु कुनै मनुष्यलाई अनुमति छैन। म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व गर्दिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु। यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सक्तैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व गर्दिनँ। किनकि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस्।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

फाइदा नभए पनि मलाई घमण्‍ड गर्नुपरेको छ। प्रभुले मलाई देखाउनुभएका र मैले देखेका दर्शन र प्रकाशको बारेमा अब म भन्‍छु। चौध वर्षअघिको कुरो हो, एक जना ख्रीष्‍टमा विश्‍वास गर्ने मानिस तेस्रो स्‍वर्गसम्‍मै समातेर लगियो। उनलाई म चिन्‍दछु। यो पक्‍कै भएको हो वा दर्शन देखेको हो, म जान्‍दिनँ, परमेश्‍वर नै जान्‍नुहुन्‍छ। म फेरि भन्‍छु, समातेर स्‍वर्गसम्‍मै लगिएका ती मानिसलाई म चिन्‍दछु। तर यो साँच्‍चै भएको हो वा दर्शनमा भएको हो म जान्‍दिनँ, परमेश्‍वर नै जान्‍नुहुन्‍छ। उनले बयान गर्न नसकिने कुराहरू सुने। मान्‍छेको मुखले बताउनै नसक्‍ने कुराहरू त्‍यहाँ सुनियो। म ती मानिसको बारेमा घमण्‍ड गर्छु। तर मेरो आफ्‍नै बारेमा चाहिँ आफ्‍नो कमजोरीमा बाहेक अरू कुरामा घमण्‍ड नै गर्नेछैनँ। मैले घमण्‍डै गर्न रुचाउँदा पनि म मूर्खचाहिँ छैन किनभने म त सत्‍य कुरा बोल्‍दछु। मलाई कसैले गरेको वा भनेको भन्दा ठूलो सम्‍झिदेओस् भन्‍ने म चाहन्‍नँ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्