२ कोरिन्थी 11:1-33
२ कोरिन्थी 11:1-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले मेरो थोरै मूर्खता सहिदिए पनि हुने! कृपया सहिदेओ! ईश्वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ। तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ। किनकि यदि कुनै व्यक्ति आएर हामीले प्रचार गरेका भन्दा अर्कै येशूलाई प्रचार गर्यो भने, अथवा तिमीहरूले पाएका आत्माभन्दा अर्कै आत्मा तिमीहरूले ग्रहण गर्यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्दा अर्कै कुनै सुसमाचार ग्रहण गर्यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्दारहेछौ। कुनै कुरामा म ती सर्वोच्च प्रेरितहरूभन्दा कत्ति पनि कम छैन। म सिपालु वक्ता नभए तापनि ममा ज्ञानको कमी छैनँ। यो कुरा हामीले हरकिसिमले तिमीहरूलाई सफासँग देखाइदिएका छौं। आफूलाई होच्याएर तिमीहरूलाई चाहिँ उच्च पारूँ भनी परमेश्वरको सुसमाचार मैले तिमीहरूलाई सित्तैँमा सुनाउँदा के मैले पाप गरें त? तिमीहरूको सेवा गर्न अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएर मैले ती मण्डलीहरूलाई लुटें। तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइनँ, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफैलाई रोकें, र पछि पनि रोक्नेछु। ख्रीष्टको सत्यता ममा छ, र अखैयाका इलाकाहरूमा मेरो यस गर्वलाई कसैले रोक्न सक्नेछैन। किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो र? परमेश्वर जान्नुहुन्छ, कि म तिमीहरूलाई प्रेम गर्छु! म जे काम गरिरहेछु सो गरी नै रहनेछु, ताकि ती मानिसहरूको दाबीलाई काट्न सकूँ, जुनहरूले धाकसँग गरेका सेवा-कर्मलाई हाम्रै समान छ भनी भन्छन्। किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्। र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ। यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्नो भेष बद्लन्छन्। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ। म फेरि भन्दछु, कुनै मानिसले मलाई मूर्ख नसम्झोस्। तर तिमीहरू त्यस्तो सम्झन्छौ भने पनि मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म पनि केही घमण्ड गर्न सकूँ। मेरो यस घमण्डको निश्चयमा, म प्रभुको अधिकारमा होइन, तर मूर्खझैँ बोलिरहेछु। धेरैले सांसारिक कुराहरूमा घमण्ड गरेका हुनाले म पनि घमण्ड गर्दछु। तिमीहरू आफै यति बुद्धिमान् भएछौ कि खुशीसाथ मूर्खहरूलाई सहँदारहेछौ। किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्याउँछ, वा तिमीहरूलाई आफ्नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ। म लज्जित भएर स्वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्ड गर्छ भने, म पनि ती कुरामा घमण्ड गर्छु। हो, म मूर्खझैँ बोल्दैछु। के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ। के तिनीहरू ख्रीष्टका सेवक हुन्? म अझ असल सेवक हुँ— पागलझैँ म बोलिरहेछु। मैले ज्यादै परिश्रम गरें। कैदमा अझ धेरै पल्ट परें। अनगिन्ती कोर्रा खाएँ। मृत्युको मुखमा बारम्बार परें। पाँच पल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ। तीन पल्ट मलाई लौराले पिटे। एक पल्ट ढुङ्गाले हाने। तीन पल्ट म चढ़ेको जहाज ध्वस्त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु। मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परें, डाँकूहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अन्यजातिहरूका जोखिममा, सहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा। परिश्रममा र कष्टमा, कति-कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परें। अनि अरू कुराहरूबाहेक सबै मण्डलीहरूका फिक्रीको बोझ ममाथि छ। को दुर्बल छ र मचाहिँ छैनँ? को पापमा फसाइएको छ र मचाहिँ व्याकुल हुँदिनँ? मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। प्रभु येशूका परमेश्वर र पिता, जो सदासर्वदा धन्य हुनुहुन्छ, उहाँले जान्नुहुन्छ, कि म ढाँट्दिनँ। दमस्कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्कस सहरमा पहरा राखेका थिए। तर पर्खालको एउटा झ्यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्कें।
२ कोरिन्थी 11:1-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो मूर्खतालाई तिमीहरूले सहिदिए कति असल हुनेथियो! हो, कृपया सहिदेओ। म तिमीहरूप्रति परमेश्वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ। तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्ने मलाई डर लाग्छ। किनकि यदि कोही आएर तिमीहरूलाई हामीले प्रचार गरेको येशूबाहेक अर्को येशूको प्रचार गर्छ, अथवा तिमीहरूले पाएका परमेश्वरको आत्माबाहेक अर्को आत्मा तिमीहरूले ग्रहण गर्यौ, अथवा तिमीहरूले ग्रहण गरेको भन्दा अर्कै सुसमाचार ग्रहण गर्यौ भने तिमीहरूले सजिलै उसको कुरा स्वीकार गर्दारहेछौ। तर ती “महा प्रेरितहरू” भन्दा म कमको छु भनेर मान्दिनँ। म तालिम प्राप्त वक्ताजस्तो नहुँला, तर मसित ज्ञान छ। यो हामीले तिमीहरूलाई हरेक प्रकारले स्पष्ट गरिसकेका छौँ। तिमीहरूलाई उच्च पारूँ भनेर परमेश्वरको सुसमाचार विनामूल्यमा प्रचार गर्न आफूलाई होच्याएर के मैले गल्ती गरेँ? तिमीहरूको सेवा गरूँ भनेर मैले अरू मण्डलीबाट आर्थिक सहायता लिएर एक प्रकारले तिनीहरूलाई लुटेँ। अनि जब मलाई तिमीहरूसित हुँदा खाँचो परेको थियो, तब म कसैको बोझ बनिनँ; किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो खाँचो पूरा गरिदिए। म कुनै प्रकारले तिमीहरूको भार नबनूँ भनेर आफैँलाई अलग राखेँ, र पछि पनि राख्नेछु। ममा ख्रीष्टको सत्यता भएझैँ अखैया प्रान्तमा कसैले पनि मेरो गर्वलाई रोक्न सक्दैन। किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो त? म प्रेम गर्छु भनी परमेश्वर जान्नुहुन्छ! तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु। किनकि यी मानिसहरूचाहिँ ख्रीष्टका प्रेरितको भेषमा आउने झूटा प्रेरितहरू, छलका काम गर्नेहरू हुन्। तर यो केही अचम्म होइन; किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ। त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने यो कुनै अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामहरूअनुसार हुनेछ। म फेरि भन्दछु: कसैले पनि मलाई मूर्ख नसम्झोस्। तर यदि तिमीहरू त्यस्तो सम्झन्छौ भने मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म थोरै भए तापनि गर्व गर्न सकूँ। यस प्रकारको गर्व प्रभुको इच्छाअनुसार हुँदैन, तर म एउटा मूर्खले झैँ बोलिरहेको छु। किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु। तिमीहरू धेरै बुद्धिमानी भएका हुनाले खुशीसाथ मूर्खहरूलाई सहन्छौ! वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ। म लज्जित भएर यो स्वीकार गर्छु, कि यस्तो कामका लागि हामी अति नै कमजोर थियौँ। म मूर्खले झैँ बोलिरहेछु, कसैले जे कुरामा गर्व गर्छ, म पनि त्यही कुरामा गर्व गर्छु। के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ! के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ! के तिनीहरू अब्राहामका वंश हुन्? म पनि हुँ! के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु। पाँच पल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु। तीन पल्ट म लहुरोले पिटिएको छु; एक पल्ट ढुङ्गाले हानिएको छु, तीन पल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु। म लगातार यात्रामा अगि बढिरहेको छु। म नदीहरूको जोखिममा परेँ, डाँकुहरूका जोखिममा, आफ्नै देशवासीहरूका जोखिममा, गैरयहूदीहरूका जोखिममा, सहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा र झूटा भाइहरूको जोखिममा परेको छु। मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरै पल्ट नखाई बसेको छु; मैले जाडो भोगेको छु र थोरै कपडामा पनि बसेको छु। यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु। को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? कोही पापमा पर्दा मचाहिँ व्याकुल हुँदिनँ र? यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्वर पिताले जान्नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ। दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस सहरमा पहरा राखेका थिए। तर मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ।
२ कोरिन्थी 11:1-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म अलिकता मूर्खै भए पनि तिमीहरूले सहिदेओ। म तिमीहरूप्रति परमेश्वरको जोशले भरिएको छु। एउटै दुलहा ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ र तिमीहरूलाई चोखो कन्यादान गर्न चाहन्छु। तर सर्पको रूप लिएर शैतानले चलाकी गरेर हव्वालाई ठगेजस्तै तिमीहरूको ख्रीष्टमा रहेको सोझो र चोखो मन नै बिगार्ने हो कि भन्ने मलाई डर लागेको छ। हामीले प्रचार गरेको येशूभन्दा अर्कै येशूको बारेमा कसैले प्रचार गर्यो भने तिमीहरू त खुसीसँग सुन्नेरहेछौ। तिमीहरूले पहिले पाएको आत्मा र सुसमाचारभन्दा अर्कै आत्मा र अर्कै सुसमाचार पनि तिमीहरू लिनेरहेछौ। ती आफै उचालिएर प्रेरित बन्ने मानिसहरूभन्दा म कुनै किसिमले पनि कम छैनँ। सायद बोल्नमा म बाठो नहुँला तर अवश्य ज्ञानमा त होइन। मैले सबै अवस्थामा सधैँ सबै किसिमले तिमीहरूलाई बुझाएको छु। तिमीहरूलाई परमेश्वरले दिनुभएको सुसमाचार मैले केही नलिई सित्तैमा सुनाएँ अनि तिमीहरू ठूला होओ भनेर म सानो बनिदिएँ। के मैले यसो गर्नु भुल थियो? मैले तिमीहरूको सेवा गर्दा अरू मण्डलीबाट सहायता पाएँ। यसो गर्नाले तिमीहरूलाई सघाउन मैले अरू मण्डलीहरू लुटेको जस्तै भयो। तिमीहरूसँग बस्ता खाँचो पर्दा मैले पैसाको लागि तिमीहरूलाई दु:ख दिइनँ। मलाई खाँचो पर्दा सबै कुराहरू माकेडोनियाबाटै भाइहरूले ल्याइदिन्थे। म अझै पनि तिमीहरूलाई दु:ख दिन चाहन्नँ। यस कुरामा पहिले पनि दु:ख दिइनँ, अहिले पनि दु:ख दिनेछैनँ। ख्रीष्टको सत्यता मभित्र रहुन्जेल अखैयाभरि कसैले पनि यो मेरो घमण्डलाई तोड्न सक्नेछैन। मैले किन यसो गरेको? के मैले तिमीहरूलाई माया नगरेर हो? म माया गर्छु कि गर्दिनँ, परमेश्वरलाई नै थाहा छ। मैले गरेको काम म गरि नै रहन्छु। ती आफैं उचालिएर प्रेरित बन्ने मानिसहरूले हामीले जस्तै काम गर्यो भनेर घमण्ड गर्न पाउनेछैनन्। प्रेरितझैँ देखा परेका तिनीहरू झूटा दूत र ठगहरू हुन्। यो कुनै अनौठो कुरा होइन। शैतान पनि उज्यालो स्वर्गदूतजस्तै देखा पर्न सक्छ। त्यसो हुँदा शैतानका सेवकहरू पनि परमेश्वरका अघि धर्मी सेवकजस्तै देखा पर्नु अचम्मको कुरो होइन। आखिरमा तिनीहरूले आफ्नै कामको फल भोग्नैपर्नेछ। म फेरि पनि भन्छु, मलाई कसैले पनि मूर्ख नसम्झोस्। मूर्ख नै सम्झन्छौ भने पनि मूर्ख सम्झेर ग्रहण गर। त्यसो भए मैले केही घमण्ड गर्न पाउनेछु। साँच्चै घमण्ड गर्ने कुरा गरेर म मूर्ख कुरा नै बोलिरहेको छु। यो त प्रभुले बोल्न लाउनुभएको कुरो होइन। मान्छेको विचारले नै धेरै जनाले घमण्ड गर्दछन्। त्यसरी नै म पनि घमण्ड गर्दछु किनभने मूर्खहरूलाई खुसीसँग सहिदिने तिमीहरू ज्ञानी हौ। कसैले तिमीहरूलाई कमारै बनाए पनि, चुसे पनि, लुटे पनि, तिमीहरूको अघि धाक लाए पनि र मुखैमा हिर्काए पनि तिमीहरू सहन्छौ। हामीलाई त्यसो गर्न आएन भनेर म मानिलिन्छु, म लाज मान्छु। तर कसैले केही कुरामा घमण्ड गर्ने आँट गर्छ भने मलाई पनि आँट आउँछ। हुन त मूर्खले जस्तै नै कुरा म गर्दै छु। के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ। के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म बौलाएको जस्तो बोल्दछु, तर तिनीहरूभन्दा म अझ असल सेवक हुँ। तिनीहरूले भन्दा मैले झन् धेरै मेहनत गरेको छु। कैयौं पटक म कैदमा परें, कोर्रा खाएँ अनि धेरै पटक कालको मुखमा पनि परें। कोर्राको कुरा गर्दा पनि इस्राएलीको हातबाट पाँच पल्ट उनान्चालीस खेप मैले कोर्रा खाएर इस्राएलीहरूबाट ठूलो सजाय पाएँ। तीन पल्ट मैले रोमीहरूको हातबाट कोर्रा खाएँ। एक पल्ट त मानिसहरूले ममाथि ढुङ्गा वर्षाए। तीन पल्टसम्म म चढेको जहाज नै भत्केर आपत्मा परें अनि एक दिन र एक रात त मैले पूरै पानीमा बिताउनुपर्यो। मेरा धेरै यात्राहरूमा म झ्यालखानमा परें, डाकुहरूका हातमा परें, इस्राएली र अरू जातिका मानिसहरूबाट खतरामा परें। सहरमा, जङ्गलमा, समुद्रमा, नक्कली साथीहरूका बीचमा जताततै डरै-डर थियो। मैले नसुती-नसुती दिलोज्यानले काम गरें र धेरै पसिना बगाएँ। कैयौं पटक भोक-भोकै बसें, तिर्खा सहनुपर्यो। खानु र पिउनु त्यसै रह्यो। लुगाफाटा नभई जाडामा कक्रिएँ पनि। यति मात्रै दु:ख होइन तर परमेश्वरका मण्डलीहरूका चिन्ता-फिक्रीले पनि मलाई सधैँ सताइरहन्थ्यो। कोही निर्धो छ भने म पनि निर्धो हुन्थें। कोही पापमा फस्यो भने मेरो मन पोल्थ्यो। मैले घमण्ड गर्दा मेरो कमजोरी देखाउने कुराहरूमा नै म घमण्ड गर्दछु। म ढाँट्दिनँ भनेर त प्रभु येशूकै पिता सधैँभरिका पूज्य परमेश्वरलाई नै थाहा छ। म दमस्कसमा हुँदा मलाई पक्रनलाई अरितस राजाका बडा-हाकिमले घेर्न लगाए। तर एउटा पर्खालको झ्यालबाट मलाई डोकोमा राखेर भगाइदिए र म तिनको हातबाट उम्कें।

२ कोरिन्थी 11:1-33 पवित्र बाइबल (NERV)
जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौ। तर तिमीहरूमलाई सहिरहेका पनि छौ। मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु। तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो। यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ। तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्। साँच्चो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं। सित्तैमा तिमीहरूलाई मैले परमेश्वको सुसमाचार सुनाएँ। तिमीहरूलाई माथि उठाउनु मैले आफूलाई तल झारें। त्यो भूल भयो र? मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ। तिमीहरूको सेवा गर्न सकुँ भनेर मैले तिनीहरूबाट पैसा लिएँ। जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिएँ। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइनँ। अनि कहिल्यै भार बन्ने छैन पनि। यस विषयमा गर्व गर्नु मलाई अखैयामा कसैले रोक्ने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु। अनि किन म भार थिइनँ? मैले तिमीहरूलाई प्रेम गरेको छैन भनेर? होइन। परमेश्वर जान्नु हुन्छ म तिमीहरूलाई प्रेम गर्छु। अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्। तिनीहरू झूटा प्रेरितहरू हुन्। तिनीहरू धोकावाजहरू हुन्। मानिसहरूलाई छक्कायाउन ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिँड्नेहरू मात्र हुन्। त्यसमा कुनै अचम्म छैन। किनकि शैतानले पनि मानिसलाई छक्याउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ। यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्। म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै सम्झन्छौ भने एउटा मूर्खालाई जसरी व्यवहार गर्छौ मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ। म गर्व गर्छु किनकि म आफूमा विश्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दैछु। धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु। तिमीहरू ज्ञानी छौ यसैले मूर्खको कुराहरू पनि सहन्छौ। यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफैं घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ। तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं। तर यदि कसैले गर्व गर्ने साहस गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु। के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हुँ। तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै-झण्डै मरेको हुँ। मैले पाँच पल्ट यहूदीहरूबाट उनन्चालिस कोर्रा खाएको छु। तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ। मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ। मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो। अनि अरू धेरै समस्याहरू थिए। यी सब बाहेक पनि मण्डलीहरूको लागि मैले हेरचाह गर्नु पर्थ्यो। प्रत्येक दिन तिनीहरूको विषयमा चिन्ता गर्छु। कसैलाई कमजोर देख्दा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अघि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो। यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्। परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ। जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे। तर केही शाथीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको दूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुत्कें।