२ इतिहास 7:13-14
२ इतिहास 7:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन, अथवा देशलाई नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु, यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।
२ इतिहास 7:13-14 पवित्र बाइबल (NERV)
जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु। अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु।
२ इतिहास 7:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जहिले-जहिले म वर्षा बन्द गर्छु वा अन्नका बाली नाश गर्न सलहहरू पठाउँछु वा मेरा प्रजामाथि महामारी पठाउँछु, त्यस बेला मेरा प्रजाले मलाई प्रार्थना गरे र पश्चात्ताप गरेर आफूले गरेका दुष्कर्महरू त्यागे भने म स्वर्गमा तिनीहरूको बिन्ती सुन्नेछु, पाप क्षमा गर्नेछु र फेरि तिनीहरूको देशको फलिफाप गराउनेछु।