YouVersion लोगो
खोज आइकन

२ इतिहास 29:25-30

२ इतिहास 29:25-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

राजाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले तोकिदिएको नियमअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आ-आफ्‍नो काममा खटाए। यो नियमचाहिँ परमप्रभुबाट आफ्‍ना अगमवक्ताहरूद्वारा दिइएको थियो। लेवीहरू दाऊदका बाजाहरू र पूजाहारीहरूचाहिँ तुरहीहरू लिएर उभिए। होमबलि वेदीमा चढ़ाउनू भनी हिजकियाले हुकुम गरे। होमबलि चढ़ाउने काम सुरु हुँदा तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूबाट परमप्रभुको स्‍तुतिगान पनि सुरु भयो। गवैयाहरूले गाए र तुरही बजाउनेहरूले बजाए र सारा समुदायले निहुरेर दण्‍डवत्‌ गरे। होमबलि खतम नहोउञ्‍जेल सबै काम यसरी नै निरन्‍तर भइरह्यो। बलिदान समाप्‍त भइसकेपछि राजा र तिनीसँग भएका सबै समुदायले घुँड़ा टेकेर दण्‍डवत्‌ गरे। राजा हिजकिया र तिनका अधिकारीहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए। यसरी तिनीहरूले साह्रै रमाहटसित उहाँको प्रशंसा गरे, र निहुरेर दण्‍डवत्‌ गरे।

शेयर गर्नुहोस्
२ इतिहास 29 पढ्नुहोस्

२ इतिहास 29:25-30 पवित्र बाइबल (NERV)

राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो। यसर्थ लेवीहरू दाऊदका वाद्य-यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए। तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए। सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए। बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे। राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।

शेयर गर्नुहोस्
२ इतिहास 29 पढ्नुहोस्

२ इतिहास 29:25-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाऊद राजालाई परमप्रभुले राजाका अगमवक्ता गाद र नातान अगमवक्ताद्वारा दिनुभएको आदेश हिजकिया राजाले माने। तिनले लेवीहरूलाई वीणा र झ्‍याम्‍टा लिन लाएर मन्‍दिरमा राखे। ती बाजाहरू पहिले दाऊद राजाले चलाएका बाजाजस्‍तै थिए। पूजाहारीहरू पनि तुरही लिएर त्‍यहाँ खडा भए। हिजकियाले होमबलि चढाउने आज्ञा दिए र बलि चढाउन थाल्‍दा मानिसहरूले परमप्रभुलाई प्रशंसा गर्दै गीत गाए र बाजा बजाउनेहरूले तुरही र अरू बाजाहरू बजाए। त्‍यहाँ भएका सबैले आराधनामा भाग लिए र गीत गाउने र बाजा बजाउनेचाहिँ सबै बलिहरू चढाइ नसकेसम्‍म चलिरह्यो। त्‍यसपछि हिजकिया राजा र सारा प्रजाले घुँडा टेकेर परमेश्‍वरलाई पुजे। राजा र जातिका अगुवाहरूले लेवीहरूलाई दाऊद राजा र आसाप अगमवक्ताले रचेका प्रशंसाका भजनहरू परमप्रभुका निम्‍ति गाउन आदेश दिए। यसकारण सबैले घुँडा टेक्‍दै र परमेश्‍वरलाई पुज्‍दै ठूलो आनन्‍दले भजन गाए।

शेयर गर्नुहोस्
२ इतिहास 29 पढ्नुहोस्