२ इतिहास 1:11-12
२ इतिहास 1:11-12 पवित्र बाइबल (NERV)
परमेश्वरले सुलेमानलाई भन्नुभयो, “तेरो ढाँचा ठीक छ। तैंले धन-सम्पत्तिका निम्ति वा सम्मानको माग गरिनस्। तैंले तेरा शत्रुहरू मारियोस् भन्ने याचना गरिनस् अनि तैंले लामो जीवनको माग गरिनस्। अँहँ तैंले ती कुराहरूका माग गरिनस्। तैंले बुद्धि अनि ज्ञानको याचना गरिस् जसमा कि तैंले मेरो मानिसहरूको निम्ति बुद्धिमानी पूर्वक निर्णय लिन सक्छस् ती मानिसहरू जो माथि शासन गर्न मैले तँलाई चुनें। यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”
२ इतिहास 1:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले सोलोमनलाई भन्नुभयो, “तेरो इच्छा यही भएको हुनाले, र तैंले धन-सम्पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्ना शत्रुहरूको प्राण वा आफ्नो निम्ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले, बुद्धि र ज्ञान तँलाई दिइनेछन्। अनि म तँलाई यस्तो धन-सम्पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्।”
२ इतिहास 1:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले सोलोमनलाई उत्तर दिनुभयो, “तैँले उचित कुरा मागिस्। धन-सम्पत्ति, सुनाम वा शत्रुको मृत्यु वा आफ्नै लागि दीर्घायु नमागेर तैँले मेरा प्रजा, जसमाथि मैले तँलाई राजा बनाएको छु, तिनीहरूमाथि शासन गर्न ज्ञान र बुद्धि मागिस्। म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्यै कुनै राजाले पाउनेछ।”