१ तिमोथी 6:6-8
१ तिमोथी 6:6-8 पवित्र बाइबल (NERV)
निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने। जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं। यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं।
शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्१ तिमोथी 6:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं। तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं।
शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्