१ तिमोथी 4:14-15
१ तिमोथी 4:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्डरहरूले तिनीहरूका हात तिमीमाथि राख्दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो। यी कर्तव्यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्।
१ तिमोथी 4:14-15 नेपाली समकालीन संस्करण (NCV)
मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा अगमवाणीद्वारा तिमीलाई प्राप्त भएको वरदानको अवहेलना नगर। यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्।
१ तिमोथी 4:14-15 पवित्र बाइबल (NERV)
तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्। यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्।
१ तिमोथी 4:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीले पाएको दानलाई हेलचेक्र्याइँ नगर। त्यो दान अगमवक्ताले बोल्दा र मण्डलीका धर्म-गुरुहरूले तिमीमाथि हात राख्दा तिमीलाई मिलेको दान हो। तिम्रो सम्पूर्ण ध्यान र भएभरको शक्ति यिनै सिकाएका कुराहरूमा लगाऊ र तिमीले गरेको उन्नति सबैले देखून्।