१ तिमोथी 3:1-4
१ तिमोथी 3:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो भनाइ विश्वासयोग्य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ। यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्, मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने, आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्।
१ तिमोथी 3:1-4 नेपाली समकालीन संस्करण (NCV)
यो वचन विश्वासयोग्य छ: यदि कसैले अध्यक्ष हुने इच्छा गर्छ भने, उसले असल कामको इच्छा गर्छ। अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ। मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनको लोभ नगर्ने हुनुपर्छ। तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्चाहरूलाई ससम्मान अधीनतामा राख्नसक्ने हुनुपर्छ।
१ तिमोथी 3:1-4 पवित्र बाइबल (NERV)
म जे भन्छु त्यो साँच्चो होः यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो। अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। ऊ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ। उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन। ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ।
१ तिमोथी 3:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कसैले मण्डलीका देखरेख गर्ने काममा इच्छा राख्छ भने त्यसको विचार राम्रो हो। हो, यो साँचो कुरो हो। यस्तो देखरेख गर्ने मानिस कुनै दोषबिनाको हुनुपर्छ। उसले एउटै मात्र स्वास्नी विवाह गरेको हुनुपर्छ। ऊ आफैंलाई वशमा राख्ने, आफ्नो मनलाई अधीनमा राख्ने र राम्रो चालचलन भएको हुनुपर्छ। उसले अतिथिसत्कार गर्नुपर्छ र शिक्षा दिन सक्नुपर्छ। मारपिट गर्ने, मात्तिने हुनुहुँदैन। तर ऊ त सहने र शान्त स्वभावको र पैसाको लोभ नगर्ने हुनुपर्दछ। ऊ आफ्नै घर राम्ररी चलाउन सक्ने, आफ्ना छोराछोरीहरूलाई राम्ररी तह लाउन सक्ने हुनुपर्छ