१ तिमोथी 3:1-16
१ तिमोथी 3:1-16 पवित्र बाइबल (NERV)
म जे भन्छु त्यो साँच्चो होः यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो। अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। ऊ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ। उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन। ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ। यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला। अगुवा नव-परिवर्तित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टात्मालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ। ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब ऊ अरूद्वारा आलोचित हुने छैन अनि ऊ शैतानको जालमा पर्ने छैन। त्यसरी नै जसले विशेष सहायकहरूको रूपमा मण्डलीको सेवा गर्छन् तिनीहरू मानिसहरूबीच माननीय हुनुपर्छ। तिनीहरू बातचीतमा इमान्दार हुनुपर्छ अनि तिनीहरूले अधिक दाखरस पिउनु हुँदैन। अरूलाई ठगेर तिनीहरूले धनी बन्ने कोशिश गर्नु हुँदैन। तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैँ त्यही गर्नु पर्छ। त्यस्ता मानिसहरूलाई अधिबाटै जाँच। यदि तिनीहरूमा कुनै गलत कुरा छैन भने तिनीहरूले विशेष सहायकहरूको रूपमा काम गर्न सक्छन्। उसरी नै स्त्रीहरू पनि मानिसहरू माझ माननीय हुनुपर्छ। तिनीहरूले अर्काको निंदा गर्नु हुंदैन्। तिनीहरू हरेक कुरामा आत्मा-नियंत्रित र विश्वासी हुनुपर्छ। विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ। असल प्रकारले सेवा गर्ने यी विशेष सहायकहरूले स्वयंलाई माननीय पदको योग्य तुल्याउने छन्। तिनीहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासको विषयमा ठूलो भरोसा पाउनेछन्। म तिमी भएकोमा चाँडै आउन सकुँला कि भन्ने आशा छ। अहिलेलाई म यो पत्र लेख्दैछु। यदि म तिमीकहाँ झट्टै आउन सकिनँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जानेकैछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खाँबा र जग हो। निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छः
१ तिमोथी 3:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कसैले मण्डलीका देखरेख गर्ने काममा इच्छा राख्छ भने त्यसको विचार राम्रो हो। हो, यो साँचो कुरो हो। यस्तो देखरेख गर्ने मानिस कुनै दोषबिनाको हुनुपर्छ। उसले एउटै मात्र स्वास्नी विवाह गरेको हुनुपर्छ। ऊ आफैंलाई वशमा राख्ने, आफ्नो मनलाई अधीनमा राख्ने र राम्रो चालचलन भएको हुनुपर्छ। उसले अतिथिसत्कार गर्नुपर्छ र शिक्षा दिन सक्नुपर्छ। मारपिट गर्ने, मात्तिने हुनुहुँदैन। तर ऊ त सहने र शान्त स्वभावको र पैसाको लोभ नगर्ने हुनुपर्दछ। ऊ आफ्नै घर राम्ररी चलाउन सक्ने, आफ्ना छोराछोरीहरूलाई राम्ररी तह लाउन सक्ने हुनुपर्छ किनभने आफ्नो घरलाई नै राम्ररी चलाउन नसक्नेले कसरी मण्डलीको हेर-विचार गर्न सक्ला र? त्यस्तो मानिस भरखर विश्वास गर्ने सिकारु पनि हुनुहुँदैन। नत्र ऊ घमण्डले फुलेर शैतानझैँ दण्डमा परेर पतन हुनेछ। हेर-विचार गर्ने मानिसले मण्डली मात्र होइन, मण्डलीबाहिर पनि मान पाएका हुनुपर्छ। त्यसो भए मात्र उसलाई मानिसहरूले निन्दा गर्नेछैनन् र शैतानको जालमा पनि पर्नेछैन। मण्डलीमा सेवा गर्नेहरू पनि त्यस्तै गहकिलो मानिस हुनुपर्छ। उनीहरू साँचो बोल्ने, नमात्तिने, पैसाको लोभ नगर्ने हुनुपर्दछ। उनीहरूले आफैंले पाएको विश्वासको गहिरो सत्यलाई शुद्ध विवेकले जोगाइराख्नुपर्छ। पहिले सेवा गर्नेहरू जाँच गरिनुपर्छ अनि ठीक ठहरिए भने मात्र तिनीहरूलाई पनि सेवा गर्ने काममा लगाउनुपर्छ। तिनीहरूका पत्नीहरू पनि त्यसरी राम्रो चालचलनका र अर्काको निन्दा नगर्ने हुनुपर्दछ। तिनीहरूले नराम्रो गफ नगरून् तर आफैंलाई वशमा राखेर सबै कुरामा विश्वासी होऊन्। मण्डलीमा सेवा गर्नेको पनि एउटै मात्र स्वास्नी हुनुपर्दछ। उसले पनि आफ्ना छोराछोरी र घर-परिवार राम्ररी मिलाएर राख्नुपर्दछ। राम्रो सेवा गर्नेहरूको इज्जत पनि राम्रो हुनेछ अनि तिनीहरूले येशू ख्रीष्टमा भएको आफ्नो विश्वासको बारेमा अरूलाई पनि साहससँग भन्न सक्नेछन्। यो पत्र लेख्दा पनि मैले चाँडै आउने आशा राखेको छु। तर केही गरी म आउन ढिला भएँ भने परमेश्वरको घरमा हाम्रो चालचलन कस्तो हुनुपर्ने हो, यसै पत्रबाट जानिराख्नू। परमेश्वरको घरचाहिँ जीवित परमेश्वरको मण्डली हो। यो परमेश्वरको घर, सत्यको खम्बा र किल्ला पनि हो। साँच्चै भक्तिको बुझ्नैनसकिने रहस्य कति ठूलो छ? उहाँ मानिसकै शरीरमा देखा पर्नुभयो, पवित्र आत्माले पापबिनाको ठहरिनुभयो अनि उहाँलाई स्वर्गदूतहरूले देखे। देशदेशमा उहाँको प्रचार भयो, संसारमा उहाँलाई विश्वास गरियो अनि उहाँ फेरि सम्मान्सँग माथि लगिनुभयो।
१ तिमोथी 3:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो भनाइ विश्वासयोग्य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ। यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्, मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने, आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्। यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैन भने, तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ र? तिनी नयाँ विश्वासी नहोऊन्, नत्रता घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन्। फेरि, बाहिरकाहरूका दृष्टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्दा र दियाबलसको पासोमा पर्नेछन्। त्यसै गरी डिकनहरू पनि गम्भीर हुनुपर्छ, दुई-जिब्रे होइन, बढ़ी मद्य पिउने र धनको लोभी होइन, तर तिनीहरू विश्वासको रहस्य शुद्ध विवेकमा कायम राख्ने हुनुपर्छ। पहिले तिनीहरूको जाँच पनि होस्। त्यसपछि तिनीहरूले आफैलाई दोषरहित प्रमाणित गर्न सके भने तिनीहरूले डिकनको सेवा गरून्। स्त्रीहरू पनि यहीबमोजिम गम्भीर, अर्काको बदख्वाइँ नगर्ने, तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ। डिकन एउटै पत्नीका पति होऊन्। आफ्ना छोरा-छोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउन सक्ने होऊन्। किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन् तिनीहरूले आ-आफ्ना निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्। तिमीकहाँ चाँड़ै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्तछु, ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आड़ हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख। हामी स्वीकार गर्दछौं, कि हाम्रो विश्वासको रहस्य अति महान् छ: उहाँ स्वयम् शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।
१ तिमोथी 3:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो वचन विश्वासयोग्य छ: यदि कसैले अध्यक्ष हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्छ। अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ। मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनसम्पत्तिको लोभ नगर्ने हुनुपर्छ। तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ। यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र? तिनी भर्खर विश्वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्रता तिनी घमण्डले फुलेर शैतानले पाउने झैँ न्यायमा पर्नेछन्। तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्। यसै गरी सेवकहरू पनि आदर पाउन योग्यका, दुईजिब्रे नहुने, मद्यपान नगर्ने, र अनुचित लाभ नखोज्ने हुनुपर्छ। तिनीहरूले विश्वासका गहिरा सत्यहरूलाई शुद्ध विवेकसित कायम राख्नैपर्छ। पहिले तिनीहरूका जाँच हुनुपर्छ; यदि तिनीहरूका विरुद्धमा केही दोष पाइएन भने तिनीहरूले सेवक भएर सेवा गरून्। त्यसै गरी तिनीहरूका पत्नीहरू पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्वासयोग्य हुनुपर्छ। सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ। जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्ठा र ख्रीष्ट येशूमा भएका तिनीहरूका विश्वासमा महान् निश्चयता पाउनेछन्। म तिमीकहाँ चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेखिरहेछु। यदि म आउन ढिलो भएँ भने तापनि परमेश्वरको परिवार, जुन सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्वरको मण्डली हो; त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्न सक। विनाशङ्का यो भन्न सकिन्छ, भक्तिको रहस्य महान् छ: उहाँ मानिसको शरीरमा भएर देखा पर्नुभयो, पवित्र आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूद्वारा देखिनुभयो, सबै मानिसहरूका बीचमा उहाँको प्रचार भयो, र संसारमा उहाँलाई विश्वास गरियो, महिमामा माथि लगिनुभयो।