१ तिमोथी 1:9-10
१ तिमोथी 1:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी यो पनि जान्दछौं कि व्यवस्था असल मानिसको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्ति, ज्यानमाराहरूका निम्ति, व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरणकारीहरूका निम्ति, झूटा बोल्नेहरूका निम्ति, झूटा गवाही दिनेहरूका निम्ति, र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्ति हो।
१ तिमोथी 1:9-10 नेपाली समकालीन संस्करण (NCV)
हामी यो पनि जान्दछौं, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उलङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति, अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो।
१ तिमोथी 1:9-10 पवित्र बाइबल (NERV)
हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्। जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँच्चो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।
१ तिमोथी 1:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो थाहा हुनुपर्छ, नियम असल मानिसको निम्ति बनिएको होइन। ऐन त नियम भङ्ग गर्ने, डाकुहरू, ईश्वर नमान्ने र पापीहरू, आफ्ना आमा-बुबालाई मार्नेहरू, मान्छे मार्नेहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, अपहरणकारीहरू, झूटो बोल्ने र झूटो साक्षी दिने र सत्य शिक्षाको विरुद्ध काम गर्नेहरूका लागि बनिएको हो।