१ शमूएल 9:16
१ शमूएल 9:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“भोलि यसै समय बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु। त्यसलाई मेरो प्रजा इस्राएलको राजा अभिषेक गर्। त्यसले मेरो प्रजालाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो प्रजाको दु:ख देखेको छु, किनकि यिनीहरूको क्रन्दन मेरा कानमा आइपुगेको छ।”
१ शमूएल 9:16 पवित्र बाइबल (NERV)
“भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैंले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिश्तीहरूबाट बचाउँने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”
१ शमूएल 9:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“भोलि यति बेलातिर एक जना बेन्यामीन कुलको मानिसलाई म तँकहाँ पठाउनेछु। त्यसलाई मेरा प्रजा इस्राएलका राजा अभिषेक गर्नू अनि त्यसले तिनीहरूलाई पलिश्तीहरूका हातबाट बचाउनेछ। मैले तेरा प्रजाको कष्ट देखेको छु र तिनका मद्दतको लागि बिन्ती सुनेको छु।”