१ शमूएल 27:1-7
१ शमूएल 27:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले यस्तो विचार गरे, “एक न एक दिन त शाऊलले मलाई मार्नेछन्। यसकारण पलिश्तीहरूको इलाकामा भागिजान मेरो लागि असल होला। तब इस्राएलको कुनै पनि ठाउँमा खोज्न शाऊलले छोड्नेछन्, र म उनको पन्जाबाट उम्कनेछु।” यसैले दाऊद र तिनका छ सय जना मानिसहरू सिमाना पार गरेर गातका राजा माओकका छोरा आकीशकहाँ गए। दाऊदले आफूसँग आफ्ना मानिसहरू, तिनीहरूका परिवार र तिनकै दुई पत्नी, अर्थात् यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेललाई लिएर आकीशसँग गातमा बस्न लागे। दाऊद गातमा भागेर गएका छन् भनी जब शाऊललाई सुनाइयो, उनले दाऊदलाई खोज्न छोड़िदिए। दाऊदले आकीशलाई भने, “तपाईंको निगाह ममाथि भए तपाईंका देशको कुनै एउटा गाउँमा बसोबास गर्न मलाई ठाउँ दिनुहोस्। म किन तपाईं महाराजासित राजधानीमा बस्नू?” यसकारण आकीशले त्यस दिन तिनलाई सिक्लग दिए, त्यो अझै पनि यहूदाका राजाहरूको भएको छ। दाऊद पलिश्तीहरूको देशमा एक वर्ष चार महिनासम्म बसे।
१ शमूएल 27:1-7 पवित्र बाइबल (NERV)
तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।” यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए, दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्। मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे। दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।” त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाँहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ। दाऊद पलिश्तीहरूसँग एक बर्ष चार महिना बसे।
१ शमूएल 27:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदले मनमनै भने, “एक न एक दिन शाऊलले मलाई मार्नेछन्। पलिश्तमा भागेर जानु मेरो निम्ति सबैभन्दा असल हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोजी गर्न छोड्नेछन् र मलाई डर हुनेछैन।” यसर्थ तुरुन्तै दाऊद र तिनका छ सय मानिसहरू माओकको छोरो गातका राजा आकीशकहाँ गए। दाऊद र तिनका मानिसहरू परिवारसहित गातमा बसोबास गर्न लागे। दाऊदका दुईवटी स्वास्नीहरू तिनीसित थिए– एउटी यिजरेलकी अहीनोम र अर्की नाबालकी विधवा कर्मेलकी अबीगेल। दाऊद भागेर गातमा गएका छन् भन्ने सुनेपछि शाऊलले तिनको खोजी गर्न छोडे। दाऊदले आकीशलाई भने, “यदि तपाईं मेरा मित्र हुनुहुन्छ भने मलाई बसोबास गर्न एउटा सानो सहर दिनुहोस्। मलाई हजुरसित राजधानीमा बस्ने केही जरुरत छैन।” यसकारण आकीशले दाऊदलाई सिक्लग सहर दिए। त्यसैकारण त्यस दिनपछि सदासर्वदा सिक्लग यहूदाका राजाहरूको सम्पत्ति भएको छ। दाऊद पलिश्तमा सोह्र महिनासम्म बसे।