YouVersion लोगो
खोज आइकन

१ शमूएल 24:4-8

१ शमूएल 24:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊदका मानिसहरूले तिनलाई भने, “दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजूरको शत्रुलाई हजूरको हातमा सुम्‍पिदिनुहुन्छ, र हजूरलाई जे इच्‍छा लाग्‍छ त्यो गर्न सक्नुहुन्छ।” दाऊद बिस्‍तार गएर शाऊलको खास्‍टोको एक छेउ काटे। तर तिनले उनका खास्‍टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “मैले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्‌। किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ।” यसैले दाऊदले आफ्‍ना मानिसहरूलाई हप्‍काए, र राजामाथि केही हानि गर्न दिएनन्‌। शाऊल उठेर गुफा छोड़ी आफ्‍नो बाटो लागे। तब दाऊद गुफाबाट बाहिर निस्‍के, र शाऊललाई भने, “हे मेरा प्रभु महाराजा।” जब शाऊलले पछि फर्केर हेरे, तब भूइँमा घोप्‍टो परी दण्‍डवत्‌ गरेर

शेयर गर्नुहोस्
१ शमूएल 24 पढ्नुहोस्

१ शमूएल 24:4-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

ती मानिसहरूले भने, “याहवेहले तपाईंलाई ‘म तेरो शत्रुलाई तेरो हातमा सुम्पिदिनेछु र तैँले जे मन लाग्छ, त्यसलाई त्यसै गर्नू’ भन्‍नुभएको दिन यही हो।” तब दावीद थाहा नपाउने तरिकाले घस्रँदै गएर शाऊलको खास्टोको एक किनार काटे। तर दावीदले शाऊलको खास्टोको किनार काटिसकेपछि तिनलाई तिनको विवेकले दोष दिन थाल्यो। तब तिनले आफ्ना मानिसहरूलाई भने, “मैले याहवेहका अभिषिक्त जन, मेरा मालिकसँग यस्तो काम गर्नु, अर्थात् तिनको विरुद्धमा हात उठाउनबाट याहवेहले मलाई रोकून्; किनकि उहाँ याहवेहको अभिषिक्त जन हुनुहुन्छ।” यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे। तब दावीद पनि ओडारबाट बाहिर निस्के, र शाऊललाई बोलाएर भने, “हे मेरो मालिक महाराजा! जब शाऊलले पछि फर्केर हेरे, तब दावीदले निहुरेर भुइँमा घोप्टो परी दण्डवत् गरे।”

शेयर गर्नुहोस्
१ शमूएल 24 पढ्नुहोस्

१ शमूएल 24:4-8 पवित्र बाइबल (NERV)

मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नुभएको दिन होइन? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।’” त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए। पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो। दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन् र मैले त्यसो नगरको भए हुने थियो।” दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्। शाऊल गुफा छोडेर आफ्नै बाटो लागे। दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!” शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए।

शेयर गर्नुहोस्
१ शमूएल 24 पढ्नुहोस्

१ शमूएल 24:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले उनलाई भने, “अहिले तपाईंको मौका छ! परमप्रभुले तपाईंलाई भन्‍नुभयो कि उहाँले तपाईंको शत्रुलाई तपाईंका हातमा दिनुहुनेछ र त्‍योसित तपाईं जे चाहनुहुन्‍छ, सो गर्न सक्‍नुहुन्‍छ।” दाऊदले घस्रँदै गएर शाऊलले थाहा नपाई तिनको खास्‍टोको एक छेउ काटिदिए। तर त्‍यसपछि दाऊदको विवेकले उनलाई दोष दिन लाग्‍यो र तिनले आफ्‍ना मानिसहरूलाई भने, “परमप्रभुले राजा चुन्‍नुभएको मेरो मालिकलाई केही क्षति गर्नबाट परमप्रभुले मलाई बचाऊन्! उनी परमप्रभुले चुन्‍नुभएका राजा हुन्, मैले उनलाई अलिकता पनि चोट पुर्‍याउन दिनुहुन्‍न!” र दाऊदले आफ्‍ना मानिसहरूलाई तिनीमाथि आक्रमण गर्नुहुन्‍न भनी सम्‍झाए। शाऊल उठे, ओडारबाट निस्‍के र आफ्‍नो बाटो लागे। तब दाऊद तिनको पछिपछि गई तिनलाई बोलाएर भने, “हे राजा!” शाऊल पछिल्‍तिर फर्के

शेयर गर्नुहोस्
१ शमूएल 24 पढ्नुहोस्