१ शमूएल 17:45-47
१ शमूएल 17:45-47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले जवाफ दिए, “तँ त मसँग लड्न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्वर, सर्वशक्तिमान् परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ, र म तँलाई मारेर तेरो टाउको काट्नेछु। आज पलिश्तीहरूका लाश आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु, र इस्राएलमा एउटा परमेश्वर हुनुहुँदोरहेछ भनी सारा संसारले थाहा पाउनेछ। यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्छ। किनभने लड़ाइँ परमप्रभुकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।”
१ शमूएल 17:45-47 पवित्र बाइबल (NERV)
दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्। आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर। यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”
१ शमूएल 17:45-47 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्छ ठानेको छस्। आज नै परमप्रभुले तँलाई मेरो अधीनमा दिनुहुनेछ। म तँलाई जितेर तेरो टाउको ठुन्क्याउनेछु र पलिश्ती सिपाहीहरूका लाश पशु-पंक्षीहरूलाई खान दिनेछु। तब सारा संसारले थाहा पाउनेछ कि इस्राएलसित परमेश्वर हुनुहुन्छ र यहाँ भएका सबैले देख्नेछन् कि आफ्ना प्रजालाई बचाउन परमप्रभुलाई तरवार र भालाको जरुरत पर्दैन। उहाँ लडाइँमा विजयी हुनुहुन्छ र तिमीहरू सबैलाई हाम्रा अधिकारमा दिनुहुनेछ।”