१ शमूएल 17:45-46
१ शमूएल 17:45-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले जवाफ दिए, “तँ त मसँग लड्न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्वर, सर्वशक्तिमान् परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ, र म तँलाई मारेर तेरो टाउको काट्नेछु। आज पलिश्तीहरूका लाश आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु, र इस्राएलमा एउटा परमेश्वर हुनुहुँदोरहेछ भनी सारा संसारले थाहा पाउनेछ।
१ शमूएल 17:45-46 पवित्र बाइबल (NERV)
दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्। आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।
१ शमूएल 17:45-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्छ ठानेको छस्। आज नै परमप्रभुले तँलाई मेरो अधीनमा दिनुहुनेछ। म तँलाई जितेर तेरो टाउको ठुन्क्याउनेछु र पलिश्ती सिपाहीहरूका लाश पशु-पंक्षीहरूलाई खान दिनेछु। तब सारा संसारले थाहा पाउनेछ कि इस्राएलसित परमेश्वर हुनुहुन्छ